tag:blogger.com,1999:blog-40924262107908284742024-02-22T21:53:35.144+05:45चरैवेति ! चरैवेति !!Keep moving !, keep moving on !!Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger310125tag:blogger.com,1999:blog-4092426210790828474.post-47943204035423641532023-12-23T12:36:00.002+05:452024-01-21T13:34:57.960+05:45सिन्को उपलब्धि, क्विन्टलको माला !

कुनै व्यक्ति, दल वा गुट विशेषलाई लक्षित नगरीकनै हेर्ने हो भने पनि नेपाली समाजमा बारम्बार देखिने बढो विद्रुप दृश्य मध्यको एउटा विद्रुपतम् दृश्य हो नालायक, असक्षम र अमर्यादित पात्रको घाँटी र पूरै शरीरले थेग्नै नसक्ने भारका माला।
कुनै अयोग्य र अनुपयुक्त पात्रको अनावश्यक र अतिरञ्जीत उपासनमा अर्पित यस्ता मालाहरू नेपाली समाजमा प्राय: विवादित मात्रै नभइ आलोचित नै हुने गरेका छन्। तर पनि आ-आफ्ना लहडी लम्फुलाई खुसी पार्न लालायित लम्पटहरूले किलो, मन र क्विन्टका माला बनाउने र देखाउने चलन झनै प्रतिस्पर्धाकै रूपमा चल्दैछ भने, देशको लागि सिन्को नभाँच्ने र नकारात्मक बाहेक सकारात्मक सन्देशसम्म दिन नसक्ने जोकर पात्र पनि यस्ता माला र मौकालाई लिन बढो उत्सुक, व्याकुल र प्रतिक्षारत देखिन्छन् ।

संस्कृतमा दुईटा छोटा छोटा वाक्यांशहरू छन्:

पहिलो: "अत्यादर:शङ्कनीय:” अर्थात्: चाहिनेभन्दा बढी आदर देखाउनुले आदरकर्ताको नियतमा शङ्का उत्पन्न गर्छ ।

दोस्रो: “अति विनयम धूर्त लक्षणम्”। मतलव जरूरतभन्दा बढी विनय देखाउनु वा सम्मान देखाउनु भनेको धूर्तको लक्षण हो।

वास्तवमा लगाउने यो ज्ञात हुन्छ कि उसमा त्यस्तो कुनै योग्यता, विशीष्टता वा महानता छैन कि जसकालागि उसलाई यत्तिको आदर दिइनु पर्थ्यो। अनि लगाइदिनेले पनि यो सब बुझेरै आदर, सदभाव वा श्रद्धाका कारण लगाइदिने भने हैन्, चाकडीका लागि लगाइदिन्छन्। तर इज्जत दिईएको हैन् भन्ने ज्ञात हुँदाहुँदै लगाउने र आडम्बर देखाउन लगाइदिएको भन्ने प्रष्टिकरणसँगै लगाइदिने जमात भएकाले यो लगाइमाग्ने र लगाइदिने विद्रुप परम्परा भने कायमै छ। यस्तैमा करिब दुई वर्ष अगाडि सायद यस्तै कुनै लाजलालग्दो दृश्य कतै देखेर एउटा सेर लेखेर फेसबुकको भित्तामा टाँसेको थिएँ। आज फूर्सदमा त्यसलाई पूरा गर्दैछु :

घाँटीमा क्विन्टलको माला, हातमा फूलका गुच्छा थ्यो ।
हेर्दै था'भो, त्यो कुनै चटके, कुनै लुच्चा थ्यो ।।

न योग्यताको आधार न इलम न औपचारिक शिक्षा,
पढ्ने-लेख्ने बे'लाँ हातमा उसको गुलेली र गुच्चा थ्यो ।

कुरो ठुलठुला गर्ने, आकाश पाताल नै जोड्ने,
त्यो राष्ट्र फटाहा,  कुनै चट्की कुनै छुच्चा थ्यो ।

भन्दै'थ्यो देश उठाउँछु, सबै चिज बनाउँछु,
खोज्दा था भो उ फगत विदेशीको कुर्कुच्चा थ्यो।

नजानेको केही छैन, गरेको नि केही हैन्।
गफमा सधैं अगि त काममा सुइँकुच्चा थ्यो ।

अस्वीकरण: यो कुनै व्यक्ति विशेषलाई देखेर लेखिएको हैन्, तर पढ्दा कसैले कसैको छवी, बिम्ब वा अनुहार देखेमा देख्ने सही छन् र त्यो उनकै दोष हुनेछ।
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com0tag:blogger.com,1999:blog-4092426210790828474.post-32199254769290030912023-06-09T09:15:00.003+05:452024-01-21T13:46:06.659+05:45“ग्याब्रियले” पढेपछि

हेर्यो भने जिन्दगी त,

लेख्यो भने कथा हुन्छ।

कथै बन्छ जीवन सबको,

हर कथामा जीवन हुन्छ ।

मित्र हरिश ‘कल्पित’ को कथा सङ्ग्रह “ग्याब्रियले” घरको दराजमा सजिएर बसेको वा अझ भनौं सो पुस्तकले मलाई सिशाको दराजबाट गिज्याउन थालेको धेरै भइसकेको थियो । कुनै पुस्तक पढ्न बसेपछि पूरै नपढी ‘किस्ता’मा पढ्न थाल्यो भने त्यसको स्वाद आउँदैन् मलाई। अझ्, विगतको अनुभव सुनाउने हो भने, २-४ पन्ना पढेर छाडेपछि त्यो पुस्तक ‘फेरि’ पढ्न जाँगरै आउँदैन् र यसै कारण ‘नामी’ भनेर चर्चा कमाएका केही किताबहरू २-४ पन्ना पढेर छाडेपछि अल्छी लागेर पूरा नपढेका कारण त्यत्तिकै रहेका धेरै उदाहरणहरू छन् । यसै विषयमा आफैँले पनि मैले एउटा कथै समेत लेखीसकेँ ।

यसैबीच हिँजो फुर्सदको उपयोग गर्दै एकै आसनमा बसेर कथा सङ्ग्रह अध्योपान्त पढीयो। ...साँच्चै, किताब पढ्ने बेलामा आफ्नो फेरि गज्जबको खराब बानी छ । किताबको शीर्षक देखि प्राक्कथन, द्रष्टव्य, उपसंहार वा समष्टीमा गाताको आवरण भित्र रहेका सबैकुरा पढ्नै पर्छ मलाई। कमसेकम, लेखक स्वयं, प्रकाशक वा अरू कोही भूमिका लेखकको पुस्तकप्रतिको विचार पढेपछि मात्र विषय प्रवेश गर्छु म।

ग्याब्रियलेमा १३ वटा कथा रहेकाछन् । १३ कथा, मतलब १३ जिन्दगी, १३ संसार। लेखकले ‘मेरो भनाइ’मा लेखेकाछन् कि शीर्षक कथा ‘ग्याब्रियले” लगभग सत्यकथा हो। तर सबै कथाको अध्यययन गर्दा थाहा हुन्छ, लेखकले नभने पनि बाँकी सबै कथा त्यो सत्यकथा भन्दापनि जीवन्त छन्। पहिलो कथा ‘मोहभङ्ग’ होस् वा ‘पुष्पलता’, ‘बिहे’ होस् वा ‘भ्रमजाल’ सङ्ग्र्रह भित्रका कुनैपनि कथा पढ्दा यस्तो लाग्दैन कि यो केबल लेख्नका लागि मात्रै लेखिएका कथाहरू हुन्। पढ्दैजाँदा पाठक अनायसै कथाका पात्रहरूसँग भावनात्मक रूपमा जोडिन पुग्ने जादूमय शैली छ। हो,... हरेक कथाको कुनै मोडमा पुगेपछि ‘यस्तो होस्’ वा ‘यस्तो नभइदिए हुन्थ्यो” भन्ने प्रवल भावना समेत पाठकको मनमा आइरहन्छ ।

माथी नै लेखिसकेँ, हरेक जिन्दगी नलेखिएका कथा हुन् भने हरेक कथा कागजमा ऊतारिएको जिन्दगी। त्यसैले त सङ्ग्रह भित्रका जीवन्त कथाहरू पढीरहँदा कथा पढे भन्दापनि समाजलाई नियालेको भान हुन्छ। ‘मोहभङ्ग’ शीर्षकको कथामा कतै आफ्नै छिमेकका कुनै परिवारको झल्को आउँछ त ‘मेरी प्यारी छोरी’ हेर्दा कुनै साथीको घरको यथार्थ, ‘भ्रमजाल’ले आफ्नै कुनै आफ्नतको कथा बोकेको झै लाग्छ भने ‘बिहे’ ले सिङ्गै समाजको चरित्र। कथाहरु सबै सशक्त छन् र समष्टिमा कथा कथा मात्रै हैन् पूरै समाजको चित्रण वा ऐना जस्तो छ।

कथाहरू लामा छैनन् र प्राय: पढ्न थालेपछि नसक्काई छोड्न नसक्ने बनाउने तागत राख्छन् । पढुन्जेल कथाका तानाबाना र कथा भित्रका चरित्रहरूको तारतम्यले पाठकलाई मज्जाले बाँधेर राख्छन्। माथि नै भनेजस्तै सबै कथाहरू सत्यकथा होइन होला, तर सबै नै ‘अघटित यथार्थ’ हुन् भनेर भन्दा अत्योक्ति नहोला। ‘त्यस्तै’ नै भएन होला तर ‘त्यस्तै-त्यस्तै’ धेरै भएकाछन्।

कथाका कुनैकुनै एकै वाक्य वा हरफ गज्जब वजनदार छन्। मोहभङ्गमा एउटा पात्र भन्छीन्: “आइमाइ भनकै आगो हो, जसले दन्केर घरलाई न्यानो पार्न पनि सक्छे, घरलाई खरानी पार्न पनि...”। ‘पुष्पलता’को एउटा पात्र साथीलाई ढाडस दिँदै भन्छ “ जाबो जाँच बिग्रेर यत्रो दु:ख!, यहाँ जिन्दगी बिग्रेर त दु:खी भएको छैन्”। अर्को एउटा कथाको पात्र भर्खरै गएको भुइँचालोको जिन्दगीको परिवेशसँग तुलना गर्दै सोच्छ “ खासै ठुलो रहेनछ...यो भन्दा ठूलो भुइँचालो त थोमसको दामपत्य जीवनमा आएको छ” ।

ज्ञान प्रदर्शन गर्ने जोडबलमा कतै पनि क्लिष्ट शब्द, अनावश्यक बिम्ब र भारीभरकम शब्दको प्रयोग भएको छैन्। सरल, सरस र सामान्य शब्दले कथाहरूमा कुनै जटिलता थपिएको छैन्।

हो, कमजोरी हुँदै नभएका होइनन्। कथामा कतै कतै विदेशी भाषाको प्रयोग गर्दा त्यसले त्यस घट्नालाई वास्तविकताको रंग दिन्छ, तर कुनै कथामा दुई पात्रबीच विदेशी भाषाका पट्यारलाग्दा लामालामा सम्बाद नै आउँछन्। कुनै कुनै कथाको शीर्षकबाटै कथाको अन्त्य आँकलन गर्न सकिन्छ। ‘बधाई छ देवयानी’ र ‘मेरी प्यारी छोरी’ शीर्षकको कथाको शीर्षकले नै कथाको अन्त्य खुलासा गरिदिन्छ। २०४९ सालदेखि २०६८ सालको अन्तरालमा लेखिएका केही कथाले तात्कालिन समाजको चित्रण गर्दागर्दै पनि हालको परिवेशमा भने कता कता तारतम्य नमिलेज्सतो पनि देखिन्छ।

तर भनिन्छ नि, चन्द्रमामा भएको दाग, उसकै कान्तिले ओझेल पारिदिन्छ। कथाका सशक्त पक्ष र मिठासका अगाडि ती सबै गौण ठहरिन्छन्। समष्टिमा ‘ग्याब्रियले’ पठनिय अनि सङ्ग्रह र तारिफयोग्य छ।
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com2tag:blogger.com,1999:blog-4092426210790828474.post-13429831050609859102023-05-24T15:00:00.002+05:452024-01-21T13:49:46.899+05:45जालो (लघुकथा)

एकादेशको एउटा गाउँमा समयको कुनै अन्तरालमा एउटा जघन्य अपराध घट्यो। गाउँको बिचमै दिउँसै कैयँन व्यक्तिको निर्मम हत्या भएको थियो। धेरैजनाको ज्यान गए पनि र निकैको सङ्ख्यामा घाइतेहरू भए पनि त्यत्रो ठुलो घटना विस्तारै सामसुम हुँदै थियो। कसले, किन र केका लागि निर्दोष व्यक्तिहरूको हत्या गर्यो भन्ने कुरा रहस्यको गर्भमै रह्यो।
समयको अन्तरालमा केही साहसी व्यक्तिहरू देखा परे, तिनले त्यो नृशंस काण्डको मुख्य दोषीहरुको विपक्षमा कारबाही गर्ने प्रण लिए। केही घाइतेहरू पनि तत्कालको घटनाको बारेमा बोल्न र प्रमाण दिन राजी भए।

नियम अनुसार उनिहरूले गाउँको मुखियालाई घटनाको वृतान्त बताए, घटनामा मुखिया भन्दा पनि माथिका ओहदावालाका नाम आएपछि मुखिया घटनाको सुनुवाई गर्नै हच्के। मुखियाबाट काम नभएपछि गाउँलेहरु सहर गए र बडा हाकिमलाई भेटे। बडाहाकिमले तुरुन्तै घटनाको सुरुदेखि जाँच गर्ने बचन दिए।
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com0tag:blogger.com,1999:blog-4092426210790828474.post-55804442353826445962023-03-31T20:03:00.007+05:452024-01-16T17:40:37.483+05:45“ती सबै चोर हुन !”
भाग्यले भनौं वा दुर्भाग्यले हो, गएको एक महिनाको अवधिमा काम, भेटघाट र अन्य कार्यक्रमहरूको सिलसिलामा देशका स्थानीय, प्रदेशस्तरीय र केन्द्रिय नेताहरूसँग भेट्ने तालमेल जुर्यो ।

आम जनमानसले नेता भन्ने बित्तिकै कुन नजरले हेर्छन् भन्ने बारेमा मैले यहाँ चर्चा गरिरहनु परोइन। नेता याने फटाहा, नेता माने भ्रष्ट, नेता मतलब ....। समष्टिमा बदनाम राजनीतिमा सही व्यक्तित्व भेटिँदैन् भन्ने कुरामा नेपाली नजमानस करिब करिब निश्चित नै भइसकेको छ ।

तर आम नागरिकले यसरी सोच्छन् भने, एकजना नेताले नै चाहिँ अर्का नेतालाई कसरी हेर्छन् त?। के राजनीतिको प्रतिस्पर्धामा लाग्ने र सँगसँगै हिँड्ने एउटा नेताले अर्को नेतालाई सही नै देख्छन्, सोच्छन् र स्विकार्छन त ?। बेला-बेलामा यस्तो प्रश्न मनमा आउँथ्यो, तर राजनीतिसँगको लगाव र नेतासँग हिँडे ठूलो भइन्छ भन्ने लघुताभास कहिल्यै नरहेकोले कहिले पनि तिनका वरिपरि बसेर यो कुरा बुझ्ने इच्छा नै भएन। नेता भन्नेका गतिछाडाका बोलीमा ताली बजाउने त कुरै छाडौं, तिनका दुई पैसे बोलीको चिरोधमा शब्द खर्चिनु समेत समयको सत्यानाश सम्झने मान्छेले तिनका बारेमा अध्ययन वा अनुसन्धान गर्नु असम्भव नै हुन्थ्यो । तर माथि नै भनिसकेँ भाग्य वा दुर्भाग्यले तिनका संगत नगरी नहुने परिस्थितिमा देशका सबै स्तरका नेतासँग भेटघाट गर्नुपर्ने बाध्यता आइलाग्यो ।

अँ त, अव अस्विकरणतिर लागौं: “ यस लेखौटमा उल्लेख गरिएका सबै पात्रहरू वास्तविक हुन र तिनका उद्दरणहरू पनि यथार्थ नै, तर म आफू कुनै पनि दलसँग आबद्ध नभएको र मेरो उदेश्य पनि कुनै दल वा व्यक्ति विशेषलाई जुठ्याउने वा चोख्याउने नभएकोले यहाँ कुनै पनि व्यक्ति वा दलको नाम उल्लेख गर्दिनँ”।

अब लागौं कुरोको चुरो तर्फ:

पात्र नं १—ती सबै चोर हुन् ।

करिब एक महिना अगाडि नेपाल देशकै कुनै वडाबाट अघिल्लो पटकको चुनावमा झिनो मतले जितेर एक पदावधी सक्केका तर यस पटक टिकट नपाएर थन्केका ‘युवा नेता’ सँग भेट भयो। यस पटकको चुनावमा उनको स्थानमा प्रतिस्पर्धी अर्कै दलकाले जिते र ती ‘बेरोजगार’ भएका थिए । कुनै जमघटमा अन्य केही व्यक्तिहरूसँग भेट हुँदा, नेपालीको सबैभन्दा सस्तो र लोकप्रिय विषय राजनीतितिर कुरा तन्क्यो। उपस्थित एकजनाले तिनलाई फ्याट्टै सोधिदिए :” हैन्, तपाईँको वडामा त राम्रै थियो क्यार, किन यस पटक उठ्नु भएन?” । “के गर्नु सब चोरै चोर छन्...” तिनले सिधै अति नकारात्मक टिप्पणीका साथ जबाफ फर्काए “...म उठेको भए यस पटक पनि जित्थैँ ... तर चोरहरूले अर्कैलाई टिकट दिए। मलाई उठ्न पनि दिएनन्, पार्टिले नि हार्यो” ।

जनताले नेतालाई चोर देख्न्नु वा भन्नु मेरो लागि नौलो कुरा थिएन, तर एकजना स्थानीय स्तरका नेताले आफ्नै दलका उपल्लो तहका नेतालाई ‘चोर’ जस्तो आलङ्कारिक शब्द प्रयोग गरेर सम्बोधन गर्छन् भन्ने मलाई चाहिँ साँच्चै थाहा थिएन ।

राजनीति जस्तो घटिया विषयमा वार्तालाप धेरैबेससम्म लम्बियो र तिनले उठ्न नपाएको झोकमा होस वा तितो पोख्न पाएको अवसरको सदुपयोगमा होस, निक्कै बेरसम्म आफ्नो पहुँच भएका आफ्ना दलका सबै नेताहरूको बदख्वाईँ गरेर समय बिताए ।

पात्र नं २ – यिनले काम गर्नेलाई दिन्छन् र ?

दोस्रो पात्र, एकजना प्रदेशस्तरीय नेता, मेरो सिधै चिनजान नभए पनि एकजना आफन्तको बिहेको भोजमा ती ‘महामानव’ सँग एउटै टेबुलमा परियो । भर्खरै चुनाव जितेका र हाउभाउ हेर्दा पाए एक्लैले सिँगै देशै चलाउँछु गर्ने, गज्जबको ‘आत्मभ्रम’ पर्दशन गर्दैथे तिनी। ३ जना चिया खान बस्दा त राजनीतिको कुरा गर्ने नेपालीले पहिलो पटक चुनाव जितेका नेता भेटे’सि के गर्थे र ?, कुरा फेरि उही फोहरी खेलतिरै फर्क्यो । कुरैकुरामा एकजनाले “हैन्, तपाईँ जस्तो युवा र योग्य मानिस त मन्त्री हुनु पर्ने नि, किन मन्त्री बन्नु भएन?” भनेर सोधे ।

प्रश्न के निस्केको थियो तिनले उकुसमुकुस भएको कुण्ठा छताछुल्ल पार्दै विषवमन गर्न थाले “बेइमानहरूले के दिन्थे मन्त्री बन्न?, काम गर्नेलाई कसले मौका दिन्छ र... पद त सबै आफ्नो मान्छेलाई मात्रै दिने त हो नि !” उनले त्यसपछि के के भने मैले सुनिनँ... खाना लिने बहानमा म त्यो टेबलबाट उठेँ। तर एउटा कुरा चैँ ‘क्लिएर’ भइसकेको थियो..आम जनताको मात्रै हेन्, आ-आफ्ना दलका नेताको पनि आफूभन्दा माथिका नेताप्रति गज्जबको ‘श्रद्धा’ र ‘आदर’ हुँदो रहेछ ।

पात्र नं ३—यो देश यसै बिग्र्या छ र?

एक हप्ता अगाडि एकजना अघिल्ला दुई भन्दा पनि उपल्लो तहका र अघिल्लो कार्यकालमा १-२ वटा ठुलै पद ‘ओगटी सकेका’ व्यक्तित्वसँग एउटै कोठामा ‘मिटिङ’मा परियो । पात्र चर्तित थिए, हक्की पनि हुन् तर यस पटक भने के ‘गणित’ नमिलेर मिल्काइएका थिए। हरेक वाक्यमा असन्तोष र अप्रसन्नताले बिना कारण पनि आफूभन्दा माथिका ‘लाउके’हरूलाई प्रहार गरिरहेका उनलाई एकजना सहभागीले ‘हैन् ...अब तपाईँ यो प्रदेशको राजनीति छाडेर केन्द्रमा आउनु पर्यो..” मात्रै के भन्या थे ती विष्फोटै भए :” आउन दिन्छन् र ?... काम गर्नेलाई कसले अगाडि बढ्न दिन्छ? उनकै भरौटेहरूले मात्रै हो हो अघि बढ्ने मौका पाउने..” तिनको बोलीमा असन्तोष त थियो नै तर करा सुन्दा यथार्थता पनि त्यत्तिकै थियो । देश यसै बिग्र्या  छ र?…” भन्दै तिनले के के भने र कसलाई कसलाई भने भनेर लेखाजोखा गरे यहाँ इमान्दार चैँ तिनै एकजना मात्रै रहेछन् जस्तो देखिन्थ्यो ।

स्मरण सहोस्, माथिका तीनै पात्र देशका भिन्दाभिन्दै दललाई प्रतिनिधित्व गर्ने पात्र थिए र तिनका कुरा सुनेपछि देशको राजनीति धमिलो मात्रै हैन्, लेदो नै भइसकेकोमा कुनै शङ्का रहेन् ...धन्न त्यसपछि ती भन्दा माथिका ‘राजनेताहरू’सँग भेट भएन र मात्रै नत्र तिनेर’ले कस्लाई दोष थोपार्दा हुन् र कोमाथि विषवमन गर्दा हुन् ? ।Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com3tag:blogger.com,1999:blog-4092426210790828474.post-14665953838267046002022-08-19T19:29:00.005+05:452024-01-21T13:54:50.273+05:45दुई सुत्रकथा
१. ‘कमर्सियल’ बाबा

सहरमा एक जना प्रसिद्ध सन्त आएका थिए। “परमात्मा प्राप्ति नै जीवनको लक्ष हुनुपर्छ र पैसा भनेको केही पनि हैन” भन्ने नै उनको एक मात्र जीवन दर्शन थियो।
उनको आगमन अगाडि नै देशका नाम चलेका पत्रिकाहरूमा मुख्य पातामै ठुला-ठूला महँगा विज्ञापन छापियो। आयोजकले सहरकै एक महँगो होटेलमा उनको प्रवचनको आयोजना गरे। उनले प्रवचन दिने स्थलमा पानी जस्तै गरेर पैसा खर्च गरियो र स्टेजलाई फ्लिमी शैलीमा सिँगारियो। “पैसा केही पनि हैन” भन्ने विषयमा उनले दिने प्रवचन सुन्न हजार हजारको टिकट राखियो ।

धान्न नसकिने भिडको बिचमा उनले मानिसले आफ्नो अमूल्य जिन्दगी पैसाको पछि लागेर खेर फाल्नु हुँदैन र परमात्मा प्राप्ति बाहेक जीवनमा अर्को लक्ष बनाउन नहुने बारेमा धुवाँदार र गहकिलो प्रवचन दिए। प्रवचनपछि पहिला तय भए बमोजिमको मोटो रकम पारिश्रमिक नपाएकोमा साधु अत्यन्त रुष्ट भए र प्रवचन स्थलमै साधु र आयोजकबिच तथानाम भएको दृश्य साँझको टिभी समाचारमा देखाइयो ।

२. चटकी नेता

युवाहरूको जोस, वातावरणप्रतिको चेत र पेट्रोलियम पदार्थप्रतिको निर्भरता घटाउने विषयलाई सम्बोधन गर्न देशका प्रसिद्ध नेता ‘स्वास्थ्य, साइकल र स्वावलम्बन’ भन्ने कार्यशालामा सरिक भए। पेट्रोलियम पदार्थकोलागि विदेशीने रकमको बचत गर्न, वातावरण स्वच्छ राख्न र तन्दुरुस्त रहनको लागि साइकल चढ्नु एकदम आवश्यक भएकोले सबैले साइकल चढ्ने बानी बसाल्नु पर्ने विषयमा उनले जोडदार कार्यपत्र प्रस्तुत गरे। युवाहरू उनको विचार र आह्वानप्रति ओतप्रोत भए, दर्शक दिर्घाबाट करतल ध्वनिका साथ तिनको प्रशंसा र स्वागत गरियो। आयोजकले कार्यक्रम अत्यन्त सफल रहेको घोषणा गरे र नेता स्वयं आफ्नो महँगो चिल्लो कारमा चढेर निवासतर्फ लागे । Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com2tag:blogger.com,1999:blog-4092426210790828474.post-4935241985564395622022-07-15T19:21:00.003+05:452024-01-16T17:50:29.007+05:45चरैवेति ! चरैवेति !!

भन्नलाई पाठककोलागि लेख्ने भनिएपनि लेखन वास्तवमा प्रथमत: आफ्नै लागि नै हो । कुनै एउटा विषय वा प्रसङ्गको बारेमा मनमा उथुलपुथुल भएपछि यो लेखेको लेख फलाना फलाना पाठक वा ‘टार्गेटेड ग्रुप’ले पढलान वा नपढलान भन्दा पनि, पहिला त आफैं त्यो मनमा चलेका तरङ्ग र विचारको भारीलाई कतै सेफल्याण्डिङ गर्नको लागि लेखिन्छ । लेखक इमानदार छ भने, आफ्नो मनको भाव, विचार वा मानसपटलमा तयार कुनै बिम्बलाई लेखौटमा नउतारेसम्म उसलाई चित्त बुझ्दैन् र यो तरङ्ग एउटा बोझ बनेर मथिङ्गलमा बसीरहन्छ । भलै त्यो विचार कुनै विधामा प्रकट भएपछि त्यसका आफ्नै पाठक, प्रशंसक वा त्यसको समर्थन व विरोधमा छुट्टाछुट्टै जमात नै जम्मा हुन सक्छन्, तर त्यो भन्दा पहिला लेखक स्वयं नै सो विचारको एकल मालिक हुन्छ।

अन्तत: मानसपटलका भावहरू अक्षर बनेर कुनै विधाबाट प्रकट हुन्छन् र लेखक आफैंले आफूलाई एक किसिमको ऋणाबाट मुक्त भएको र हल्का महसुस गर्छ। यसरी कुनै पनि लेखक आफ्नो लेखको प्रथम पाठक मात्रै हैन्, प्रथम विश्लेषक अनि पहिलो ‘टार्गेट’ पनि हुने गर्छ ।

अँ त, विषयमा प्रवेश गर्दा, आजभन्दा करिब पन्ध्र वर्षअघि जानी-नजानी एउटा ब्लग खोलियो र आफ्नो मालिक आफैं, अनि आफैं लेखक, आफैं सम्पादक, आफैं विश्लेषक बनेर करिब ४-५ वर्षसम्म निरन्तर लेखियो। बिचमा त्यही ब्लगका कारण धेरै आत्मिय मित्रहरूसँग परिचय पनि भयो र अरू केही उपलब्धि नभए पनि आफैले आफैलाई परिस्कृत गर्ने र अध्ययनशील बनाउनको लागि ब्लगले धेरै मद्दत गर्यो ।

Samuel Johnson ले कतै भनेका छन्: "What is written without effort is in general read without pleasure."। ब्लग लेखनकालमा सो कुरा प्रष्ट महसुस भयो। सामान्य रहरले सुरु गरिएको ब्लगमा पछि लेख्दै गर्दा आफ्नो पोष्ट आफैंले गुणस्तर निर्धारण गर्न थालियो र एउट पोष्ट लेख्नलाई पनि निकै अध्ययन गर्नुपर्ने भयो । त्यसको असर वा परिणामहरू पनि ब्लगमा देखिएकै थिए। मेहनत गरेर लेखेका लेखहरू धेरै हदसम्म मन पराइए, बाँडिए (चोरिए पनि)।

पछि बिस्तारै काम र पारिवारिक व्यस्तता, अभिव्यक्तिका लागि सामाजिक सञ्जालको सहजता अनि अन्य विविध कारणले (सबैभन्दा प्रमुख कारण “अल्छिपना” नै हो) गर्दा लेख्ने काम कम कम हुँदै शुन्यमा नै झर्यो । त्यो बिचमा मनमा लेख्ने भाव नआएको पनि हैन्, विषयहरू नभएका पनि हैनन् र लेख्नुको कुनै एउटा लक्ष नभएको पनि हैन्, तर ‘जा ! लेख्दिन्’ भन्ने अल्छे भावले सबैलाई पछाडि पार्ने काम गर्यो ।

धेरै साथीहरूले घचघच्याए, भौतिक रूपमा नभेटिएका तर ब्गलकै कारण चिनिएका (कमाईका?) मित्रहरूले लेख्न जारीराख्न भनि रहे। कतिले सोधे, कतिले अनुरोध नै गरे, तल अल्से मनले मनमा लागेका कुरालाई ‘जिप’ गरेर १४०-२४० अक्षरमा ट्वीट गर्ने वा फेसबुकका भित्तामा पेल्ने बाहेकका अन्य काममा सहयोग नै गरेन् ।

एक मनले ‘लेखेर के हुन्छ र?’ भन्ने दह्रो तर्क बनाइसकेको थियो भने, ‘हैन् कहीलेकाहीँ लेख्नु पर्छ’ भन्ने झिनो विचार मनमा कतैबाट चियाउन खोज्दै पनि थियो। बिचमा लेखपढको ‘लेख’ छुटे पनि ‘पढ’सँगको नाता भने अविरल चलिरह्यो ।

‘अब लेख्दिन’ भनेर बसीसकेपछि अचानक कुनै दिन कुनै पत्रिकाका सम्पादकको फोन आउँछ र “तपाईँको फलानो विज्ञानकथा मधुपर्कमा छाप्छौं है ?” भनेर सोधिन्छ। कहिले सामाजिक सञ्जालको सहयताले कोही नव प्रवेशीले सम्पर्क गर्छन् र मेरो कुनै कथालाई ‘शर्ट मुभी’ मा ढाल्ने अनुमति माग्छन्। लाग्छ, मेरा लेखौटहरू लेख्नु अगाडि मात्रै मेरा सोच हुन, लेखिसकिएपछी मेरा जस्तै सोच मिल्नेहरुको साझा चासोको विषय बन्ने रहेछ।

यतै कतै, कसैले मेरो लेख आफ्ना कुनै संग्रहमा छाप्न भन्छन् त कतै जीवनमा कहिल्यै कुनै पनि माध्यमबाट अपरिचितको इमेल आउँछ “तपाईँको ‘स्वर विज्ञान’ पढेर मेरो वर्षौं पुरानो पिनास निको भयो”। मन रोमान्चित हुन्छ,। कुनै अपरिचित व्यक्तिले “तपाईँको एउटा लघुकथा कक्षागत नेपाली किताबको पाठ्यक्रममा राखौं है?” भनेर सोद्धा त मदन पुरस्कार नै पाएको आभास हुन्छ ।

हो, यि र यस्तै विभिन्न परिचित र अपरिचबाट आएका सन्देशहरूले नै हो म भित्रको लेख्ने उर्जालाई सुषुप्त अवस्थामै भए पनि जीवित राखेको । ओशोको कुनै किताबमा पढेको एउटा सानो कथा याद आयो:

समुद्र किनारको कुनै स्थानमा अचानक आएको ज्वारभाटाका कारण पानीसँगै किनारमा पुगेका हजारौंका संख्याका स-साना माछाहरू यत्रतत्र छटपटाइरहेका थिए । मानिसहरू समुद्र किनारमा ज्वारभाटा पछिको ‘मेला’ हेर्दै हिँडीरहेका हुन्छन्। समुद्र किनारमा छटपटिएका माछामा कसैको ध्यान पुग्दैन् ।

अचानक भिडको बिचबाट एकजना सानो बालक बालुवाको थुप्रोबाट एक-एक वटा माछा समाउँदै समुद्रमा फ्याक्दै गरेको देखिन्छ। भिडको बिचबाट एकजना प्रौढ व्यक्तिले त्यो सानि बच्चाको मुर्खतामा हाँस्दै बच्चालाई सोध्छन् :”यहाँ हजारौंको संख्यामा माछाहरू छन्, तिम्ले यसरी एउटा-दुईट माछालाई पनीमा फिर्ता गरेर के फरक पर्छ?” । बच्चा त्यो प्रौढ व्यक्तिलाई फर्केर हेर्दै नहेरी फेरि एउटा माछालाई समातेर समुद्रमा फ्याँक्छ र भन्छ: “यसलाई त फरक पर्यो नि !”।

मलाई प्रष्टै थाहा छ, मेरो लेखौटले हजारौंलाई असर गर्दैन्, सैयौलाई पनि प्रेरित गर्न सक्दैन्। तर हो, माथि लेखे जस्तै कुनै एकजनाको पिनास निको हुनु, कुनै नव प्रवेशीको उत्साह बढाउनु र कुनै नयाँ समूहलाई तरङगीत गर्न सक्यो भने पनि मेरो सुषुप्त उर्जा सधैँ जीवन्त रहने छ।

ऐतरेव ब्राहृमणमा यौटा श्लोक छ:

कलिः शयानो भवति संजिहानस्तु द्वापर ।

उतिष्ठंस्त्रेता भवति कृतं संपद्यते चरन ।। चरैवेति । चरैवेति ।।

अर्थात्: सुतुन्जेल हामी सबऔ कलिमा हुन्छौं, ब्युँझेपछि द्वापर, उठेपछि त्रेतामा र हिँडन थालेपछि सत्य युगमा । त्यसैले केही समयको विश्रामपछि फेरि उठेको छु। अब फेरि हिँड्ने छु। चरैवेति ! चरैवेति !! ।
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com6tag:blogger.com,1999:blog-4092426210790828474.post-6951387610462333042015-07-03T12:58:00.001+05:452015-07-03T12:58:37.562+05:45के भएको थियो ९० सालको भूकम्पमा ?
यही वैशाख १२, १३ र २९ का ठूला भूकम्प र त्यस बीचमा गएका सयौं का परकम्प र ‘धक्का’ सँगै नेपालमा घटेका विगतका ठूला भूकम्पको बारेका खोज र कौतूहल पनि बढेको छ । भूकम्प मूलतः प्राकृतिक घटना भएपनि ठूला भूकम्पहरू एउटा “अविस्मरणीय खाटा”का रूपमा देशको इतिहासमा रहन्छन् । अहिलेको विनाशकारी भूकम्पभन्दा अगाडिको कुरा गर्ने हो भने ९० साल अर्थात् सन १९३४ को भूकम्प नै नेपालको लागि सबैभन्दा दु:खद घटना थियो ।

अनि ९० सालको भूकम्पमा के भएको थियो त ? , भूकम्प पछि तत्कालीन शासक-प्रशासक, सेना र प्रहरीको भूमिका के कस्तो रहेको थियो त ? । भूकम्पको क्षति र त्यसपछिको जीर्णदारको कामको कस्तो योजना भनेको थियो त ? । कौतूहल हुनु स्वाभाविक हो ।

यसै प्रसङ्गमा केही समय अगाडि आफ्नै दिदीको घरमा एउटा हस्त लिखित पुरानो लेखोट भेटियो । त्यो कुनै किताबको अंश, कुनै पत्रिकामा छापिएको खबर वा कसैले सङ्ग्रह गरेको सूचना जे पनि हुनसक्छ । लेखोट धेरै पुरानो भएको र कति ठाउँमा अक्षर पनि बुझ्न मुस्किल भएकोले सो कुराको निर्क्योल गर्न सकिएन । तर ठूलो भूकम्पपछि आउने परकम्पहरू ‘सामान्य’ भएको कुरा सो लेखौटबाट पनि थाहा हुन्छ। त्यति बेला नेपाली सेना र प्रहरीले बहादुरी र इमानदारीका साथ गरेको सराहनीय कामको वर्णनले नेपाली सेना र प्रहरी ऐतिहासिक कालदेखि नै नेपाली जनताका दु:ख सुखका साथी रहेको गौरवशाली इतिहासको पनि ज्ञात हुन्छ । अत: सबैको जानकारीमा आओस् भनेर सो लिखतलाई यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । :

वि. स. १९९० साल माघ २ गते नेपालमा महा भूकम्प गयो । त्यसमा १९९० माघ २ गते सोमवारे औँसीका दिन, दिनको ४ बजे सात ग्रह एकै राशीमा पर्ने हुनाले सो दिन केही अनिष्ट छ भनेर धेरै मानिसहरूले पहिल्यै देखि सङ्का गरीरहेकै थिए । तर यसै हुन्छ भनेर कसैले भन्न सकेका थिएनन् । त्यस बखत श्री ५ महाराजाधिराज त्रिभुवनको सवारी नागार्जुन बङ्गलामा भइरहेको थियो । श्री ३ जुध्द शमशेर सिकारको सिलसिलामा नयाँ मुलुक स्थित महाकालीको जङ्गलमा गएका हुँदा रुद्र शमशेरले प्राईम मिनिस्टरको कायममुकायम चलाई रहेका थिए । श्री ३ जुद्धको साथमा बबर शमशेर, केशर शमशेर, सिंह शमशेर र २ पल्टन सिपाही गएका थिए । भैरव दल र सूर्य दल पल्टन लमजुङगको नापी गर्ने कार्यमा खटिएर ताहीँ गएका थिए । हिउँद महिना हुँदा साबिक बमोजिम अमलेखगञ्ज तर्फको बाटो काजमा २ पल्टन सिपाही खटिएर गएका थिए । पूर्व १ न. देखि इलामसम्म र पश्चिम ४ नं मा पनि जर्नेल, कर्णेलहरू दौडाहाका लागि गइरहेका हुँदा उनीहरूको साथमा पनि धेरै पल्टनियाँहरू खटिएर गएका थिए । बाँकी रहेका पल्टनहरू टुँडिखेलमा कवायतको लागि जम्मा भएका थिए । साथै अड्डा अदालतका कर्मचारीहरू अड्डा अदालतमा काम गरिरहेका थिए ।

माघ २ गतेका दिन पहिले जमिनभित्र केही बेर गुडगुडे आवाज आयो र त्यसको साथसाथै २ बजेर पन्ध्र मिनेट जाँदा मध्यदिनमा ३ मिनेटसम्म महा भूकम्प भयो । सो भूकम्प पहिले पूर्व-पश्चिम भएर चक्कर खाएको थियो । त्यसले गर्दा खुला मैदानमा उभिई रहेका मानिसहरू पनि खडा हुन नसकेर लडेका थिए । सो भूकम्पले गर्दा घर, देवालय, इमारत आदि ढलेर पताल भए । ठाउँ ठाउँमा जमिन फाटेर कतैबाट पानी कतैबाट बालुवा र कतैबाट गोल-खरानीहरू निस्केका थिए । वृक्षहरू ठूलो बतास आएको बखतमा जस्तै गरेर जोडले हल्लिएको हुँदा साना साना बोटहरूको टुप्पाले जमिनै छोएको थियो । घरहरू लडेको धूलोले गरेर १-२ हात अगाडिको मानिसहरू पनि नदेखिने भएका थिए । पोखरी तथा नदी नालाका पानीहरू छताछुल्ल भएर छाल उठे कालोनीलो भएर बाढी चलेको थियो । डाँडा-काँडा पहाड पर्वतहरू धेरै नै पहिरो गएको थियो । यसमा पूर्व धनकुटामा मात्रै एक ठाउँमा साढे ४ कोष र अर्क ठाउँमा अडाई कोष जति पहिरो गएको थियो ।

यो २ गतेको ठूलो भूकम्प पछि सात गतेसम्म अरू साना २८ भूकम्पहरू भएका थिए । १-२ महिना पछिसम्म पनि सान साना भूकम्प हुँदै थिए । पूर्व ४ नं को उत्तर खण्डबाट ६-७ गतेसम्म ठूलो सानो डरलाग्दो आवाज आई रहने गरेको थियो । माघ २ गतका दिन ७ मिनेटसम्म कम्प भइ नै रहेको थियो ।

यो भूकम्प हुनाको कारण वैज्ञानिकहरू जमिनको बनावटको लागि प्राकृतिक किसिमले गएको हो भन्दथे र नेपालीहरू सप्त ग्रहको योगले उत्पात भएको भन्दथे । पूर्वतर्फका धार्मिक विचार वाला नेपालीहरूले भने सोही साल हिमालयको उच्च शिखर सगरमाथामाथि हवाईजहाज लगेकाले यो उत्पात भएको हो भन्दथे ,

यो भूकम्पले नेपाल राज्यको काठमाण्डौ उपत्यका र पूर्वतर्फ धेरै नोक्सानी र पश्चिमतर्फ भने कमै नोक्सानी भएको थियो । यसमा घर-पाटीपौवा देवालय गरेर जम्मा २ लाख ७ हजार ७ सय चालीस घरबास भत्केका थिए । ८५२० मानिस मरेका थिए र लाखौँ मानिस घाइते भएका थिए र हजारौं गाई-भैँसी जीवजन्तुहरू पनि घरबास भत्केर मरेका थिए ।

बाटो पुलहरू र टेलिफोनका तारका लट्ठा-लाइनहरू बिग्रेकाले यातायात सञ्चार सबै बन्द भएका थिए । बिजुली र खानेपानीको पनि ठूलो सङ्कष्ट परेको थियो । फेरि घरबारहरू भत्केर विहीन हुनुको साथ भत्केको घरबारले सारा अन्न अनाज लत्ता कपडा आदि पुरिएर माटोमा मिलेकोले बाँचेकाहरूलाई खान-बस्न ठूलो सङ्कष्ट परेको थियो । धारा कुवा इनारहरू पुरिएका हुँदा पानी खान दुर्लभ भएको थियो त्यसमा पनि आफ्ना परिवार नातागोताहरू सबैका मरेकाले लासहरूको खोजी गरेर संस्कार गर्न परेको थियो । फेरि साराका सारा घाइते हुँदा ती घाइतेहरूको संरक्षण पनि गर्नु परेको थियो । घाइतेहरूलाई राख्ने बस्ने ठाउँ पनि थिएन , तसर्थ सबै जसो मानिसहरू खुला बारी खेत टुँडिखेल छाउनीहरूमा बस्न गएका थिए । ७ दिन पछि सम्म काठमाण्डौ मखन टोलमा पुरिएका २ जन मानिस जीवितै झिकिएका थिए । त्यस बखत सैनिकहरूले पुरिएका, जीवित र मरेका मानिसहरू झिक्ने काम समेत सारा उपकार कार्यहरू गरेका हुँदा सैनिकहरूबाट सो आपतको टाइममा ज्यादै ठूलो सराहनीय मद्दत मिलेको थियो । त्यस बखत धेरैको मनमा धर्मको चेष्टा भएकोले सबैले सबैलाई खान-लाउन बस्ने आदि कार्यमा आफू-आफूले सकेसम्मको सहायता पनि दिने गरेका थिए ।

यस भूकम्पबाट त्यस बखतको नेपालको अरबौं रुपैयाँको क्षति भएको थियो । काठमाण्डौको तलेजु मन्दिर, बसन्तपुरको ९ तले दरबार, पाटनको च्यासीं देवल भादगाउँको ५५ झ्याले दरबार र भक्तपुरको पुरानो दरबार कृष्ण मन्दिरहरू कोहीमात्र नोक्सान भएका थिए । श्री पशुपतिनाथको मन्दिर, पाटनको कृष्ण मन्दिर र भक्तपुरको ५ तले देवल साथै टुँडिखेलको महाकालको मन्दिर भने अलिकतिसम्म पनि नोक्सान भएको थिएन । स्वयम्भूको र बौद्धको मन्दिरहरू केही मात्रामा नोक्सान भएको थियो ।पाटन तलेजु मन्दिर, देगुन तलेको मन्दिर महाबौध्द मन्दिर विश्वेश्वर महादेवको मन्दिर (भाइ देवल), कुम्भेश्वरको देवल, मछेन्द्रनाथको देवल, भक्तपुरको भैरवको मन्दिर, महा विष्णुको मन्दिर, विष्णुको मन्दिर, शिव मन्दिर, वाराही मन्दिर, काठमाण्डौ देगुनतल अगाडिको राजा प्रताप मल्लको सालिक, मखनको जगन्नाथको मन्दिर, पशुपतिको मन्दिर, नुवाकोटको भैरव-भैरवीको, बुढी देवीको मन्दिर, चिसापानीको बटुक भैरवको मन्दिरहरू पाताल नै भएका थिए । कालभैरवको मूर्ति पनि केही बिग्रेको थियो । जनकपुरको जानकीको मन्दिर केही भएको थिएन तर जनकपुरका अरू सबै मन्दिरहरू पाताल भएका थिए । पूर्व ३ नं नाम्चे बजारको ठूलो गुम्बा पाताल भएकोले तहाँ रहेका पुराना किताबहरू धेरै नाश भएका थिए । धरहरा, घण्टाघर र अरू दरबार, पुल धर्मशाला, देवालयहरू भत्केर काम नलाग्ने भएका थिए । तर ३०० फिट अग्लो ठाउँमा रहेको कीर्तिपुर सहर भने नोक्सान भएको थिएन ।

उपत्यकाको खाद्यान्न अभाव पूर्ति गर्न सरकार र साहू-महाजन समेतले रंगुनबाट चामल झिकाई बिक्री गरेका थिए । त्यसले गर्दा यथेष्ट मात्रामा जनताले मोरू १ को २ पाथी चामल किन्न पाएका थिए । त्यसपछि चोरीको बचावट गर्न ठाउँ ठाउँमा सिपाही चौकीहरू राखिएको थियो र महिनौ दिनसम्म बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म मानिसहरू हिँड्न नपाउने गरेर बन्देज गराइएको थियो । फेरि घाइतेहरूको उपचारको लागि पनि सकभरको प्रयास गरिएको थियो ।

भूकम्पको खबर माघ ६ गते श्री ३ जुद्ध शमशेर कहाँ पुगेको हुँदा माघ ९ गते काली तट ढकना बाघमा उनले १००० गाईहरू दान गरेर सो धर्मको फल भूकम्पबाट मरेकाहरूको उद्धारको लागि भनी छाडी दिएका थिए ।

श्री ३ जुद्ध शमशेर माघ २२ गते काठमाण्डौ उत्रिएका थिए र सोही दिन जङ्गी, निजामती र प्रजाहरूलाई टुँडिखेलमा भेला गरेर दैवी प्रकोपबाट पर्न आएको दुःखमा समवेदनाहरू देखाएर लेक्चरहरू दिएर सबैलाई सान्त्वना र आश्वासन दिन प्रयत्न गरेका थिए ।

फाल्गुण १८ गते भूकम्प पीडितहरूको उद्धार फण्ड खोलिएको थियो । त्यसमा ११ लाख श्वदेसबाट २५ हजार भारतबाट र २०० बेलायतबाट चन्दा जम्मा भएको थियो । सो रकमबाट पहाड तराईतर्फ डोर खटाई पठाएर ठाउँ र गर्ज हेरी घरबास बनाउन न सक्नेहरूलाई ५ रू देखि २०० सम्मका दरले सहायता स्वरूप बाँडिएको थियो र सैनिकका जबानहरूले सो आपतको समयमा आफ्नो घर परिवार नभनी कार्य गरेकोमा प्रोत्साहन दिन १ लाख बकसको रूपमा उनीहरूलाई वितरण गरिएको थियो । त्यसपछि ५० लाख रुपैयाँ सरकार तर्फबाट ४ वर्षलाई निर्ब्याजी सापटी गरेर घरबास बनाउन न सक्नेहरूलाई भनी वितरण गरिएको थियो । त्यसमा राणा परिवारहरूले नै धेरै सापटी लिएका थिए । सरकारका तरफबाट ३ लाखको जस्ता झिकाएर सुपथ मूल्यमा विक्री गरिएको थियो । साथै घरबास बनाउन चाहिने काठहरू कटानी गर्न सबै जङ्गलहरू खुलाई दिइएको थियो । त्यसपछि वि. सं १९८४ साल सम्मको करिब ८५ लाख बाँकी बक्यौताहरू पनि असुलउपर गर्न नपर्ने गरेर माफी गरिएको थियो । साथै डेढ लाखको पूँजीबाट नेपाल ट्रेडिङ कम्पनी पनि खुलेको थियो ।
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com9tag:blogger.com,1999:blog-4092426210790828474.post-84698497474852466932013-08-21T15:17:00.001+05:452013-08-21T22:05:15.736+05:45यात्रा लुम्बिनीको !
म धेरै पटक पुगेको, तर जत्ति पटक पुगे पनि मलाई फेरि-फेरि जान मनलाग्ने नेपालको कुनै ठाउँ छ भने त्यो लुम्बिनी हो । सुरूमा भगवान बुद्धको जन्मस्थल अर्थात मायादेवी मन्दिर नै त्यस क्षेत्रको मुख्य आकर्षण हुन्थ्यो भने हाल भने करिब ६ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइको विशाल क्षेत्रलाई छुट्याएर त्यहाँ विभिन्न देशले आ-आफ्नै शैलीमा मन्दिर, चैत्य आदि निर्माण गरेपछि लुम्बिनीको सुन्दरतामा नयाँ आयाम थपिएको छ।

कामको व्यस्तताको बीच अगिल्लो हप्ता फेरि मलाई सो पवित्र क्षेत्रको भ्रमण गर्ने मौका मिल्यो । सीमित समय भएकोले सोचे जत्ति मन्दिरहरू हेर्ने मौका मिलेन तर पनि आजको पोस्टमा दर्शन गरेका मध्येका केही मन्दिर र लुम्बिनीको तस्विरहरू बाँड्दै छु । (तस्विर ठूलो आकारमा हेर्न कुनै पनि तस्विरमा क्लिक गर्नुहोला । सो तस्विर आफैँ अर्को पेजमा ठूलो आकारमा खुल्ने छ )

(मायादेवी मन्दिर—जहाँ भगवान बुद्धको जन्म भएको मानिन्छ)

(यो ऐतिहासिक पिपलको रूख र पवित्र कुण्डको पनि विशेष महत्व छ )

(यो चिनीया मन्दिर—छैन त चिन नै पुगे जस्तो !)

(…अनि यो कलात्मक जर्मनी मन्दिर)

(यो अमेरिकन मन्दिर पनि हेर्न लायक नै छ)

(अमेरिकन मन्दिर बाहिरबाट देखिने यो मनोरम दृश्य)

(जर्मनी मन्दिर बाहिर रहेको बुद्ध भगवानको महा-परिनिर्वाणको प्रतिरूप)

(“हिदे बुदे जाते”—अर्थात बुद्ध यहाँ जन्मिएका हुन—प्रसिद्ध अशोक स्तम्भ)

(मायादेवीले सपनामा सेतो हात्ति देखेको प्रतिकात्मक प्रतिरूप—जर्मनी मन्दिर भित्र कै अर्को छेउ)

(शान्ति दीप)

(जर्मनी मन्दिर बाहिर बाट देखिने सुन्दर दृश्य)
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com12tag:blogger.com,1999:blog-4092426210790828474.post-13954906583079785272013-07-18T10:43:00.001+05:452013-07-18T10:43:01.662+05:45प्यूठान—प्रकृतिको आँखीझ्याल !
गएको हप्ता नितान्त व्यस्तताको बीचमा बित्यो । कामको सिलसिलामा धुलो-धूवाँको काठमाण्डौ छाडेर हरियाली र स्वच्छताको गाउँमा पुगेको थिएँ । हो, म काठमाण्डौ देखि करिव चारसय किलोमिटर परको प्यूठान जिल्लाको गोठीबाङ्ग, भिङ्ग्री आदि गाउँमा थिएँ ।

हुन त तस्विर खिच्नको लागि कुनै स्थान विशेष वा ‘स्पट’ थिएन त्यहाँ, तर फोटोमा उतार्नको लागि सुन्दरताको कुनै कमी थिएन । वा भनौ करिब करिब जता फर्कियो उतै कैद गर्न लायक दृश्यहरू थिए त्यहाँ । आजको पोस्टमा त्यही गाउँको हरियाली र माटोको सुवास । तस्बिर ठूलो पारेर हेर्न सोही तस्बिरमा क्लिक गर्नु होला तस्बिर आफैँ अर्को पेजमा ठूलो आकारमा खुल्ने छ ।

(गाउँको एउटा कुना --  सायद प्रकृति-दर्शनको आँखीझ्याल)

(बाटो छेउको एउटा सानो घर - - कुनै प्राचीन ऋषिको कुटीको झझल्को दीँदै)

(यीनै किसान दाइले यहाँ मेहनत गर्छन र त मानो मुरी बनेर फर्कन्छ)

(खालि छ र त सुन्दरता पनि छ – यहाँको खालिपनलाई कंक्रिटले कहिल्यै नढाकोस्)

(नागबेली बहदैँ राप्तिमा मिल्न आतुर माण्डवी)

(गोधूलिमा आकाश र जमिनको अदभुत मिलन)
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com5tag:blogger.com,1999:blog-4092426210790828474.post-20853820049896547242013-07-06T11:41:00.001+05:452013-07-06T12:46:10.043+05:45कथाको ‘अन्धेर नगरी’, चोर र मेरो देश !

पुरानो कथा हो: एउटा चोर चोरी गर्नको लागि झ्याल चढेर घर भित्र घुस्न लागेको हुन्छ । झ्यालको काठ भाँच्चिएर भूईमा थचारिन्छ । चोरको खुट्टा भाँचिन्छ र उ दोस्रो दिन सिधै अदालतमा घर मालिकलाई मुद्दा हाल्न जान्छ ।

अदालतले घर मालिकलाई तुरुन्तै बोलाउँछ र चोरको क्षतिपूर्तिको लागि आदेश दिन्छ । उल्टो चोरले मुद्दा हालेर फसेको घर मालिक कुनै उपाय न सुझेपछि यो व्यर्थको जिम्मेवारीबाट बच्न झ्याल बनाउने सिकर्मीमाथि दोष थोपर्छ । सिकर्मीलाई बोलाईन्छ, उ पनि आफुले चौकोस खापा सबै राम्रो बनाएको तर डकर्मीले जोडाइ गर्ने बेलामा गाह्रो नराम्रो लाएकोले झ्याल कमजोर भएको दलिल दिएर बच्छ ।

कथामा फेरि डकर्मीलाई पनि बोलाइन्छ । आफ्नो दोष स्वभावगत रूपमा अरूमा थोपर्ने क्रममा डकर्मीले पनि आफूले गाह्रो लगाउन लाग्दा बाटोमा एउटी सुन्दर स्त्री देखेको र त्यसैलाई हेर्दा ध्यान भङ्ग भएर गाह्रो बाङ्गीएको बखान दिन्छ । तुरुन्तै सो स्त्री लाई अदालतमा हाजिर गराइन्छ । चतुर स्त्रीले आफू सुन्दर नभएको तर त्यसदिन एउटा रङ्गीन ओढने ओढेर हिँडेकोले डकर्मीको ध्यान अकर्षण भएको हुनसक्ने बताएर अन्तिम दोष कपडा रङ्गाउने मा पुर्याउँछिन् ।

अन्धेर नगरीको राजमा अन्तमा सो कपडा रङ्गाउने को खोजी गरिन्छ बोलाइन्छ । कथाको अन्तमा गजब मोड आउँछ। त्यो कपडा रंगाउने अरू कोही नभएर चोर स्वयं नै हुन्छ ।

सानैमा पढेको यो कथा मलाई अचेल बारम्बार याद आउन थालेको छ । सुनमा सुद्धता जाँच गर्न नहुने कुरालाई लिएर एक जमात चोरहरू विरोधमा उत्रदाँ होस वा दूधमा फोहर मिसाएर पनि बेच्न पाउने पर्ने अर्का जमात डाँकाको आवाजमा होस। कथामा अबुझ लाग्ने कृत्यहरू अहिले हाम्रो सामु गज्जबले मिल्न आएका छन् ।

कथा पढ्दा अबुझ लागेको थियो, कुरा जेसुकै भएपनि र चोर नै घाइते भएपनि आखिर उ चोर नै थियो र उ कुनै इमानदार आशयले अरुको घरमा छिर्न लागेको थिएन । त्यसैले न्यायको सिद्धान्तमा उ स्वयं दोषी थियो र उसले घर मालिकलाई मुद्दा हाल्न पाउनु नै नपर्ने थियो । तर त्यो चौपट राजमा अगाडि आएको चोरलाई समात्नुको सट्टा उल्टो घर मालिकलाई क्षतिपूर्तिको लगि बोलाइन्छ ।

हामीकहाँ यस्ता चोर र डाकाँहरू अहिले जताततै बिगबिगी छ । कहिले ग्याँस कहिले दूध कहिले पानी त कहिले सुन हरेक बस्तुमा ठगी हुन्छ र उल्टै ठगले यहाँ सरकार हल्लाउँछ ।

कथाको देशमा त कमसेकम त्यसपछिका कारकतत्वको समेत सोधखोज भएको थियो तर हाम्रो देशमा भने सो समेत हुँदैन र जो पहिला ठूलो स्वरले कराउँछ चोर, डाँका, फटाहा, ज्यानमारा जे भएपनि उसैको कुरोमा सरकार झुक्छ ।

कथाको सुरुमा जहाँ सोध खोजको कृत्य हास्यास्पद र बेबुझ देखिए पनि सोध खोज गर्दै जाँदा चोर आफै नै यसमा जिम्मेवार देखिन्छ र उ नै अपराधी ठहरिन्छ हाम्रो वास्तविकतामा भने चोर सधै छुट्छ र हरके ठगी, चोरी र डकैतीमा उल्टो घर मालिक नै दण्डित हुन्छ । कथाको देशमा जहाँ, चोर र अन्य चरित्रसँग कमसेकम अर्को दोस्रो व्यक्तिमा दोष थोपर्दै जाने युक्ति गर्छन् । तर हाम्रो देशमा चोर त्यो पनि गर्दैनन्, उनीहरू सिधै चोरी गर्न पाउनु पर्ने आफ्नो नैसर्गिक अधिकार भएको, डकैती गर्ने छूट प्रकृतिक भएको र ठगी गर्ने कार्य पारम्पारीक व्यापार भएको दलिल दिन्छन् र हाम्रो सरकारले त्यसलाई सहर्ष लालमोहर लगाउँछ ।

सानैमा यो कथा कतै पढ्दा म निकै दिनसम्म कथा सम्झेर हाँसेको थिएँ । यस्तो पनि कहीँ देश हुन्छ र ?, चोर उल्टो न्यायालयमा गएर घर मालिकलाई मुद्दा हाल्ने हिम्मत गर्छ र ? भन्ने कुरा त्यति बेला मलाई अनौठो र हास्यास्पद लागेको थियो । अहिले बुझ्दै छु कथा सहि रहेछ। वास्तवमा चोरले नै ठूलो आवाज गर्दा रहेछन् ।

कथा हास्यास्पद रहेनछ । कथा गम्भीर रहेछ । अत्यन्त अबुझ शैलीबाट घटनाक्रम अगाडि बढेको कथाले अन्तमा यही सन्देश दिदो रहेछ कि यदि खोज-तलास र अनुसन्धान गर्ने हो भने जसले जे-जस्तो दलिल दिए पनि अपराधी आखिरमा अपराधी नै साबित हुनेछ । तर खोज-तलास त सुरू हुनु पर्यो नि । वास्तवमा अन्धेर नगरी कथाको त्यो देश हैन्, वास्तविकताको हाम्रो देश रहेछ । संयोग नै मान्नुपर्छ चोर, फटाहाको एक-पछिको अर्को मागम सहमति जनाउने सरकार प्रमुख हाम्रो देशमा पनि न्यायमूर्ति नै छन् । जसले कथाको अबुझ न्यायाधीशले जस्तो सोध-खोज गर्ने हिम्मत पनि गर्दैनन् । ‘सुनमा मिलावट गर्न पाउनु पर्छ’ – “हुन्छ !” । ‘प्राकृतिक स्रोतको अनियन्त्रित दोहन गर्न पाउनु पर्छ’ – “हुन्छ !” । ‘दूध- पानी- ग्यास आदि यावत अत्यावश्यक कुरामा ठगी गर्न पाउनु पर्छ’ – “हुन्छ !!!” । हामीकहाँ को स्थिति कथाको अन्धेर नगरीको भन्दा नाजुक र गए गुज्रेको छ। यहाँ जो चोर उसकै ठूलो स्वर र जसको ठुलो स्वर त्यही नै ईश्वर हुन्छ ।

कथाको चोर अन्तमा अशोचनीय ढङ्गले आफ्नै जालमा फस्छ तर वास्तविकताका चोरहरू आवाज ठूलो गरेकै भरमा आफ्नो अनैतिक माग र कृत्यहरूलाई वैधानिक बनाउन सफल हुन्छन् ।

स्थिति, परिस्थिति र समय जे जस्तो भएपनि कुनै पनि कृत्य, चर्को आवाज र धम्कीको भरमा अपराधीले छुट पाउनु हुँदैन भन्ने मेरो मान्यता हो । झ्याल फोडेर चोर्न जाने चोर झ्यालबाट खसे, घाइते भए वा मरे नै पनि उ चोर नै हो । त्यस्तै चर्को स्वर, बन्दको धमास वा तालाबन्दीको हौवा जे दिए पनि अपराधी नै हुन र तिनलाई अपराध बोध हुने कार्य राज्यले गराउनै पर्छ । नत्र भोलिका दिनमा चामलमा ढुटो मिसाउन पाउनु पर्ने आन्दोलन होलान व्यापारीले गर्लान, पर्सी बिरामीको अंग प्रत्यङ्ग बेच्न पाउनु पर्ने माग अस्पतालले राख्लान् , अर्को दिन फेरि साँझपरेपछी पाकेट मार्न पाउनु पर्ने माग राख्दै पाकेटमारहरू उत्रेलान् । अनि अगाडिका ‘नजिर’लाई टेकेर हेर्दा तिनलाई ‘हुन्न’ भन्न मिल्ने आधार पनि नभेटिन सक्छ ।

यस्तो क्रम जारी रहे हामीले कथाको राज्यको कुरा गर्ने हैन, हाम्रो देश नै कुनै दिन कथा बन्ने छ । अनि त्यो अन्धेर नगरी र चौपट राजा कुनै अवास्तविक दुँनियाका काल्पनिक स्थान र चरित्र हुने छैनन् । म कथा पढ्छु तर मेरो देशलाई नै कथा बन्ने बाटोमा हिँडन भने दिन्न । कमसेकम मेरो व्यक्तिगत प्रयास भने त्यसमा रहन्छ नै । तपाईँको नि ?
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com0tag:blogger.com,1999:blog-4092426210790828474.post-19551458109997869822013-06-10T20:30:00.001+05:452013-06-15T09:57:51.409+05:45साँच्चै स्वर्गजस्तै स्वर्गद्वारी !
कामको सिलसिलामा धेरै पटक करिब २ घण्टा जत्तिको बाटोबाट ओहोर-दोहर गरे पनि म स्वर्गद्वारीको यो पवित्र तिर्थस्थलमा पुग्न भ्याएको थिइन् । भालुवाङबाट करिव ५५ किलोमिटर जत्ति प्यूठानतर्फ लागेपछि प्यूठानकै भीङ्गृ बजार पुगिन्छ । भिंगृसम्म पिच बाटो नै छ भने त्यहाँबाट भने कच्ची बाटोबाट करिब १३ किलोमिटरको बाटो कच्ची तर गाडि चल्ने छ । त्यसपछि भने केही सिँढी फेरि केही कच्ची बाटोबाट उकालो लागेपछि करिब आधा घन्टको हिँडाइमा यो पवित्र मन्दिरको द्वारमा पुगिन्छ ।

तिहारको औँसी, वैशाख पुर्णिमा आदिमा यहाँ विशेष मेला लागे पनि सामान्य यात्रु र धर्माबलम्बीहरूको भीड भने सधैं नै हुने रहेछ यहाँ ।

किम्बदन्ती र पौराणिक आख्यानलाई मान्ने हो पाँच पाण्डवहरूले सीधै स्वर्ग प्रस्थान गरेको मानिन्छ । यसरी सिधै स्वर्गको यात्रा गर्न सकिने यस ‘द्वार’ मा रोल्पा रुम्टीका १०८ महाप्रभु बालतपस्वी नारायण गौतमले १९५१ मा वेदमन्त्रद्वारा अग्नि प्रज्वलित गरी १९५२ वैशाख पूणिर्मादेखि अखण्ड महायज्ञ सुरु गरेको इतिहास छ । त्यसैले यस स्थानको धार्मिक, समाजिक र गहन आध्यात्मिक महत्व रही आएको छ ।

वास्तवमा यस पवित्र तिर्थस्थलको विहानी पूजा, हवन र साझको आरति सहित महाप्रभुले तपस्या गरेको गुफा लगायतका सम्पूर्ण क्षेत्रको अवलोकन गर्ने हो भने पुरै दिनको समय लिएर जानु पर्ने रहेछ । मन्दिरमै रहने, वस्ने उचित व्यवस्था रहेछ तर समयाभावको कारण अर्कोपाला फेरि जाने अभिलाषा सहित यसपाला भने केही तस्विरहरू लिएर फर्कियौँ । आजको पोस्टमा यही पवित्र तिर्थस्थलका केही तस्विरहरू : (तस्बिरलाई ठूलो पारेर हेर्न सोही तस्बिरमा क्लिक गर्नुहोस्, तस्बिरआफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ )

(गाडिको यात्रा पछिको चढाइको लागि बनाइएका सिँढी-- बादल भित्रको देश जस्तै)

(सीढी सक्केपछिको ढुङ्गेबाटो)

(मुख्य मन्दिर)

(गोबर्धन पर्वत-- यो गोबरले नै बनेको छ है)

(मुल मन्दिर अगाडिको दीपशाला)

(भक्तजनहरूको लाम-- डराउनु पर्दैन यो लाम म जाँदा यत्ति मात्रै थियो)

(हाम्ले आकाश छोएनौ त ? -- मन्दिर परिसरकै ध्वजाबाहक लिङ्गो)

(अनि यो घण्टीहरूको तँछाड-मछाड)

(माथिबाट देखिने पल्लो डाँडा)

के तपाईँ पनि पुग्नुभा'छ त स्वर्गद्वारीमा ?

नोट:यो ब्लगबाट Google Plus comments हटाएर ब्लगरको डिफल्ट कमेन्ट स्थापना गर्दा बिचमा पाठकहरूले गर्नु भएको कमेन्ट मेटिन गएकोले सोको स्क्रिनशट यहाँ राखिएको छ: (असुबिधाको लागि क्षमा चाहन्छू):-

Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com5tag:blogger.com,1999:blog-4092426210790828474.post-16962148993426207892013-05-20T13:24:00.001+05:452013-06-15T09:48:31.136+05:45के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त ?
पहिलो घटना: करिब १५ वर्ष जत्ति भयो होला । केही दिनदेखि पेट दुखेकोले म त्यति बेला रामशाह पथ नेर रहेको मेडिकेयर हस्पिटलमा गएँ । समस्या ठूलो थिएन तर ४-५ दिन देखि असजिलो भएकोले सिधै त्यहाका एकजना यादव थर भएका gastroenterologist लाई भेटें । उनले मसँग सामान्य सोधपुछ गरेपछि सिधै भिडियो एक्सरे, स्टुल र अन्य २-३ थरी टेस्ट गर्नु पर्ने पर्चा थमाइ दिए ।

ती टेस्टहरू सबै गर्नुपर्ने झमेला एकातीर थपियो भने अर्कोतर्फ ती सबै टेस्ट नसक्केसम्म कुनै ठूलै रोग लाग्यो कि भन्ने शङ्का पनि मनमा गडी रहयो । ३-४ दिनमा सबै प्याथोलोजीको रिपोर्ट आयो । हालजस्तो इन्टरनेट र गुगल बाबाको ज्ञान दृष्टि सुलभ भइसकेको थिएन तर रिफरेन्स रेन्जमा झ्वाट्ट नजर पार्दा कुनै हाइलाइट गरिएको प्यारामिटर थिएनन् । रिपोर्ट लिएर म फेरि तीनै स्पेसलिष्टकहाँ पुगेँ । उनले सर्रर रिपोर्ट हेरे अनि “खासै केही समस्या देखिएन ...’यो’, ‘यो’ र ‘यो’ औषधी ५ दिन खानुस..” भनेर हातमा पर्चा थमाइदिए ।

फोक्कडमा ३-४ दिन टेस्ट गराउने हैरानी, र २-४ हजारको खर्च पछि ‘केही पो भएछ कि ?’ भन्ने गहन चिन्ता बोक्नु परेको थियो । अब त्यो रहेन तर पनि तिनले दिएका ती ‘यो’, ‘यो’ र ‘यो’ औषधिले मलाई केही फाइदा भएन । फाइदा नभएपछि फेरि घरेलु र अन्य वैकल्पिक उपचार विधि भने जारी राखियो । त्यस्तैमा एकदिन मेरै घरमा बस्ने एकजना डक्टरसँग कुरै कुरामा आफ्नो समस्या बताएँ (स्मरण रहोस ती gastroenterologist वा पेट सम्बन्धी रोगका विशेषज्ञ भने थिएनन्, त्यसैले आफ्नै घरमा बसेपनि मैले उनीसँग सल्लाह लिएको थिइन) । उनले आफ्नो हातले मेरो कम्मर र पेटको बिचको भागमा पर्ने गरी बिस्तारै दबाए र भने “भाइ!, तपाईलाई त अमिबाले दु:ख दिएको रहेछ ... ल यो औषधी ५ दिन खानुस्, ठीक हुन्छ ....” । तुरुन्तै उनले दिएको औषधी किनेर खान शुरु गरेँ ....दोस्रो दिन देखी नै मेरो पेट दुख्न कम भयो र तेस्रो दिन साँझ सम्ममा मलाई पेट दुखेको थियो भन्ने समेत याद रहेन् ।

पछि धेरै दिनसम्म मलाई, ती gastroenterologist लाई चाहीँ किन मेरो पेटमा एक पटक दबाएर हेर्ने सुर आएन छ वा तीनले पढ्ने बेलामा चाहिँ यत्ति गरेर हेरेपछि ती अनावश्यक टेस्ट गराउनु पर्दैन भनेर किन सिकाइएन छ भन्ने मनमा लागि रह्यो ।

दोस्रो घटना: करिब २ हप्ता जत्ति अगाडिको कुरा हो । १० वर्षकी छोरीलाई पेटकै समस्याले दु:ख दिन थाल्यो । खाना-खान मन नगर्ने, पेट दुख्ने हुन थाले पछि कान्ति अस्पतालमा नाम चलेकी एकजना वाल विशेषज्ञको क्लिनिकमा देखाउन लगियो ।

उनले मौसम अनुसार चल्ने रोगको अन्दाज गर्दै स्टुल टेस्ट गराउन भनिन र आन्द्रामा घाउ समेत भएको हुनसक्ने अन्दाज गरीन। अनि एउटा ‘नाम चलेको’ औषधि खान भनिन । स्वास्थ्य मात्रै हैन्, स्कूल पढने बच्चाको पढाइ समेत बिग्रने भएकोले तीनले भनेका सबै टेस्टहरू तुरुन्तै गराइयो । टेस्ट रिपोर्ट पनि आयो, औषधि पनि ख्वाइयो ... तर बच्चाको हालत झन् झन् खराब हुँदै गयो । अब दोस्रो पटक पनि देखाउने बाहेक अर्को उपाए भएन । आफ्नो छोरी पनि आफैं जस्ती छे । ३-४ दिन औषधी खाएर निको नभएपछि “..त्यो अस्तिको ...फलानो डक्टरको’मा त जान्न” भनेर कराउन थाली ....।

स्कूल छूटेको धेरै दिन भइसकेको थियो ....छोरी दुब्लाउन समेत लागिसकेकी थिई, साथै बिहान उठ्ने बित्तिकै उल्टी हुन थालेको थियो। अत: पुन अर्को एकजना नेपालमा प्रसिद्ध वाल विशेषज्ञकहाँ गइयो । उनको क्लिनिकमा त्यस दिन ५७ जनाको नाम लेखाइएको रहेछ । मेरो छोरीको नाम २५ नम्बरमा थियो । पहिला त बिरामीको सङ्ख्या देखेर नै मलाई तीनले के-कसरी रोगको निर्क्योल गर्लान भन्ने लागेको थियो तर पनि छोरीको नाजुक हालतलाई हेरेर आफ्नो नम्बर कुरेर देखाउन वाध्य थिएँ ।

अन्तमा हाम्रो पालो आए’सी तीनले पुरानो रिपोर्ट समेत हेरे । “कहिले काहीँ ‘यो’ औषधीले समेत वाक-वाक लगाउन सक्छ ... ल एउटा अर्को औषधि थपि दिन्छु ..त्यसले ठीक गर्छ... नत्र एकचोटी जण्डिसको टेस्ट गर्नुपर्ला” भनेर अर्को एउटा नयाँ औषधि दिएर पठाए ।

तीनको नयाँ औषधि पनि ३ दिन लगातार खूवाउँदा समेत कुनै असर गरेन । छोरीलाई कुनै अस्पतालमा लगेर भर्ना नै गर्नु पर्ने स्थिति देखियो । इलेक्ट्रोबाइन र जीवनजल खुवाउँदा खुवाउँदा छोरी पानी समेत सुँघेर मात्रै खाने भइसकेकी थीइ। कुनै उपाए नलागे पछि इन्टरनेट खोलेर गुगलमा उसका सिमटमहरू सर्च गर्न थालेँ । सानै बच्चा भएकोले गम्भीर प्रकृतिका रोगलाई मतलब नगरेर बच्चाहरूमा हुन सक्ने सामान्य रोगहरूमा ध्यान बढाएँ । करिब ३ घन्टा गुगलमा खर्चेर ५-७ वटा साइटको रिजल्टहरू तुलना गरेर हेर्दा रोग करिब करिब पत्ता लगेको जस्तो लाग्यो । ‘सेल्फ मेडिकेसन’ गलत भएपनि दुई-दुईजना विशेषज्ञको बे-असर उपचार देखि सकेकोले जे सुकै होस भनेर जुकाको औषधि किनेर लगेँ । डक्टरले दिएको औषधि त्यत्तिकै छाडेर एक डोज जुकाको औषधि दिएँ छोरीलाई । भोलिपल्टै छोरी धेरै ठीक भइ र स्कूल जान थाली ।

आजसम्म पनि म ती दुबै जनाले यो सामान्य समस्या तर्फ ध्यान नदिइ किन जटिल कुरो मात्रै हेरे अनि आन्द्राको घाउ र जण्डीसको टेस्ट गराउनु पुर्व बच्चाहरूमा देखिनसक्ने यो सामान्य समस्यालाई सोचेनन् भनेर छक्क परेको छु ।

तेस्रो घटना: कुरो ३ वर्ष जत्ति अगाडिको हो ।म त्यति बेला दक्षिण भारतको हैदरावादमा थीएँ । करिब एकहप्ता देखि पेटमा असजिलो पन हुन थालेपछि त्यहाँको एउटा नाम चलेको अस्पतालमा गएँ । त्यहाँ एकजना रेड्डी थरका विशेषज्ञले मेरो जाँच गरे । १० वर्ष अगाडि नेपालमा भेटेको ‘यादव’ भन्दा ती पनि केही कम देखिएनन् । पहिलो भेट्मै तीनले मलाई उनको अस्पतालमा भएको सबै उकरण चालु हुने हिसबाले विभिन्न टेस्ट गराउन सल्लाह दिए ।

सबै टेस्टको रिपोर्ट लिएर म पुन दोस्रो पटक उनलाई भेट्न गएँ । रिपोर्टमा कुनै समस्या न देखिएपछि मेरो चिन्ता कम् भयो तर ती विशेषज्ञलाई भने ‘अब के औषधि दिने..?’ भन्ने चिन्ता बढे जस्तो लाग्यो । उनले कुनै प्रसिद्ध कम्पनीका केही महङ्गा औषधि मेरो पर्चामा लेखे र ‘यो खाए पछी ४-५ दिनमा भेटन” भने । उनका औषधि सबै खाएँ ...दुखाइ र असजिलो पन २० को १९ पनि भएन । उनको औषधिको डोज सक्केपछी पुन उनैकहाँ दोस्रो सल्लाहको लागि पुगेँ । दोस्रो पटक तीनले गम्भिर मुद्रामा मेरो एक पटक ‘इन्डोस्कोपि’ गराएर हेर्नु पर्ने कुरा निकाले । आफूलाई असजिलो भएको ३ हप्ता जत्ति भइसकेकोले पुन उनको यो सल्लाह पनि मान्नुको विकल्प देखिँन् । मेरो इन्डोस्कोपि पनि ती रेड्डीले नै गरे ।

धेरै दिन सम्म पेटमा समस्या भएकोले आफूलाई पनि डर लाग्न थालीसकेको थियो । जे होस इन्डोस्कोपिमा पनि समस्या नदेखिएकोले भने मनमा अलि आनन्द भयो । उता मेरो डक्टर भने झनै चिन्तित देखिए । सायद कतै केही समस्या देखिएन अब के रोग भनेर डाइग्नोसिस गर्ने र के औषधि दिने भनेर होला । अन्तमा उनले कुनै उपाय नसुझेर मुख बार्न भने र फेरि केही नयाँ औषधिको बिटो भिडाए ।

तिनको जम्मै औषधी नियम पूर्वक खाएँ तर मेरो पेटको समस्या जस्ताको त्यस्तै रह्यो ।

एकदिन साँझमा खाना खाएर टहलिँदै गर्दा म बस्ने घर नजिकै एउटा “क्वाक डक्टर” को क्लिनिकमा आँखा पर्यो । एम.बि.बि.एस. पास गरेको तर नाम नचलेको कारण चर्चित नभएका यस्ता धेरै डक्टरहरू त्यो इलाकामा बेनाम क्लिनिक चलाएर बसेका थिए । आफ्नो समस्या पनि यथाबत भएको र ‘मरता क्या न-करता’ भन्ने आशयले यीनलाई पनि देखाउँन त भनेर म एकजना अलि पाको उमेरका ‘क्वाक’ कहाँ पुगेँ । बत्ति निभेको बेलामा ती, टेबुलमा एउटा मैनबत्ति बालेर बिरामी कुर्दै बसेका थिए ।

उनले मेरो समस्याको बारेमा सोधे र मलाई त्यहाँ उत्तानो परेर पल्टिन भने । म उत्तानो परेर पल्टेपछी तीनले आफ्नो हत्केकाले मेरो पेटमा २-३ पटक दबाएर अलिकता हिन्दी, अलिकता अग्रेजी र अलिकता स्थानिय तेलुगु भाषा मिसाएर मलाई “तिम्रो पेटमा bubble धेरै जम्मा छ ...यो कुनै समस्या हैन् १० दिन यो औषधि खाउ ठीक हुन्छ ..." भनेर 'Razo-20' नाम गरेको औषधि खालि पेटमा खान भने । तेस्रो दिन देखि मेरो पेटको सबै समस्या समाप्त भयो ।

अझै पनि बेला-बेलामा सोच्छु, यी नाम नचलेका ‘क्वाक’ कहलिएका मैनबत्ती बालेर बिरामी जाँच्ने डक्टरले हातले छामेर था’ पाउने रोग, ठूला अस्पतालका विशेषज्ञले भएभरका उपकरण र टेस्ट चलाएर नि कसरी थाहा पाएनन ?।

मेरो यो पोस्टको उदेश्य कुनै डक्टर वा आधुनिक चिकित्सा प्रणालीको अवमुल्यन गर्नु वा स्व-चिकित्सालाई प्रशय दिनु पटक्कै हैन्, तर बिरमी पर्दा सधैं नाम चलेका चिकित्सक, महङ्गा टेस्टले नै मात्रै सहि निर्क्योल गर्छन भन्नेमा भने मलाई कहिल्यै विश्वास लाग्दैन् । आफ्नै अनुभवको कुरा गर्ने हो भने, म कुनै रोग लागेपछि सो बारेमा आफूले भेटेसम्मको अध्ययन गर्न र मौका पर्दा कुनै क्वाक डक्टर वा खैराती अस्पतालमा पुग्न समेत गलत ठान्दिन । बाँकी, gastroenterologist ले १० थरी जाँच गरेर भेउ नपाएका कुरा ती हड्डीका डक्टरले हातले छामेर कसरी था’ पाए, एउटा सामान्य मानिसले गुगलमा खोजेर थाहा पाउने रोगको निदान दुई-जना वाल-विशेषज्ञले ३ थरी टेस्ट गरेर कसरी खूट्ट्याउन सकेनन् र सुविधा सम्पन्न अस्पतालका विशेषज्ञले महिना दिन हेरेर थाहा नपाउने कुरा क्वाक भनेर बेनाम रहेका सामान्य चिकित्सकले एकपटक छुँदा नै कसरी पत्ता लगाए भन्ने कुरा चाहीँ मैले सायद कहिल्यै बुझ्नै छैन् । अनि न-चाहँदा नचाहँदै पनि मनमा एउटा प्रश्न उब्जन्छ: के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त ?

नोट:यो ब्लगबाट Google Plus comments हटाएर ब्लगरको डिफल्ट कमेन्ट स्थापना गर्दा बिचमा पाठकहरूले गर्नु भएको कमेन्ट मेटिन गएकोले सोको स्क्रिनशट यहाँ राखिएको छ: (असुबिधाको लागि क्षमा चाहन्छू):-

Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com1tag:blogger.com,1999:blog-4092426210790828474.post-54285460980304343012013-05-09T13:44:00.001+05:452013-06-15T09:53:13.423+05:45के तपाईलाई मोबाइलमा देखिने G, E, 3G र H आदिको अर्थ थाहा छ ?
मोबाइल फोन वा मोबाइल डिभाइसमा इन्टरनेट चलाउने प्राय: हामी सबैले याद गरेको हुनुपर्छ। हाम्रो सेट इन्टरनेटमा जोडिएपछि प्रायजसो सेटको माथिल्लो देब्रे भागमा (सेट अनुसार फरक पनि हुनसक्छ) तपाइको सेट इन्टरनेटमा जोडिएको जनाउ दिने G, E, 3G वा H आदि जस्ता सङ्केत चिन्हहरू देखिन्छन् । तलको चित्र हेर्नुस (चित्रलाई ठूलो पारेर हेर्न सोही चित्रमा क्लिक गर्नुहोस्, चित्र आफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ )

यी चिन्हहरू तपाइले लिनु भएको सेटको हार्डवेयर क्षमता वा तपाइले सेवा प्रदायकबाट लिनु भएको सुविधा अनुसार फरक हुन्छन् । तर कहिलेकाहीँ भने तपाई रहेको स्थान विशेषमा उपलब्ध सेवा प्रदायकको सिग्नलको आधारमा पनि एउटै सुविधा लिएको सेटमा पनि माथि उल्लिखित कुनैपनि सङ्केत चिन्ह देखिन सक्छ वा छिनछिनमा सो सङ्केत चिन्ह परिवर्तन हुनसक्छ ।

तपाइलाई थाहा छ किन यी चिन्हहरू फरक-फरक हुन्छन् वा एउटै सेटमा पनि स्थान विशेष वा समय विशेषमा भिन्न भिन्न चिन्हहरू देखिन्छन ? ।

वास्तवमा यी चिन्हहरूले तपाइको सेटमा तत्कालको लागि उपलब्ध इन्टरनेटको गतिलाई ईङ्गीत गर्छन् । यस पोस्टमा यही बारेमा सामान्य जानकारी दिइएको छ :

G: “G” अर्थात GPRS । मतलव आजकलको प्रविधिको कुरा गर्ने हो भने, GSM network मा यो दोस्रो पुस्ताको (2G) प्रविधिमा गनिन्छ। र अझ प्रस्ट भन्नु पर्दा मोबाईलबाट इन्टरनेट चलाउने सबैभन्दा कम गतिको प्रविधि हो यो । त्यसैले तपाइको मोबाइल सेट इन्टरनेटमा जोडिएको बेलाम यदि तपाईको सेटमा “G” देखिन्छ भने तपाइले द्रुतगतिको आशा नराख्दा हुन्छ ।

E: E अर्थात EDGE को छोटकरी नाम हो यो। हुन त यो पनि GPRS कै सुधारिएको रूप हो तर GPRS कै extension भएपनि र GSM network को दोस्रो पुस्ताकै (2G) प्रविधि भएपनि यो “G” भन्दा “E” केही हदसम्म छिटो हुन्छ । वा सामान्य शब्दमा भन्दा, तपाईको सेटमा “G” देखिएको बेलामा भन्दा “E” देखिएको बेलामा इन्टरनेट केही छिटो चल्छ।

3G: छोटकरीमा तेस्रो पुस्ताको प्रविधि वा third generation(3G)को विकसित रूप हो यो । यो GSM network को UMTS (Universal Mobile Telecommunications System) पनि भनिन्छ।

H: मोबाईलको डिस्प्लेमा देखिने “H” ले HSDPA (High-Speed Downlink Packet Access) जनाउँछ । जुन माथिका सबैभन्दा द्रुत गतिको इन्टरनेट प्रविधि हो । यसले UMTS बेस्ड नेटवर्कमा माथीका अन्य भन्दा पनि छिटो गतिको सुविधा दिन्छ । त्यसैले यसलाई बोलीचालीमा 3.5G, 3G+ र turbo 3G पनि भनिन्छ ।

सजिलोगरी भन्दा G, E, 3G र H मा G सबैभन्दा ढिलो चल्ने र H सबैभन्दा छिटो चल्ने हुन्छ।

तलको तालिकाले यसलाई अझ प्रस्ट पार्नेछ:

क्र.सं.          सेवा               सङ्केत                गति (देखि...)          कैफियत

१.           GPRS            G              56kbps               पहिलो पुस्ता (1G)
२.           EDGE            E              236 kbps             दोस्रो पुस्ता (2G)

३.           UMTS           3G            386 kbps             तेस्रो पुस्ता (3G)

४.           HSDPA          H              3.2 MBps            साढे तेस्तो पुस्ता 3.5G)

क्रमगत रूपमा १ नं. सबैभन्दा ढीला र ४ नं सबैभन्दा छिटो भएपनि तिनको ठीक गति भने माथि लेखिए जस्तै तपाइँको सेवा प्रदायकको हार्डवेयर-सफ्टवेयरको उच्चता, तपाई रहेको स्थान विशेषमा उपलब्ध सेवा प्रदायकको सिग्नलको आधारमा फरक हुनसक्छ ।

भनिरहनु नपर्ला, तपाईँले कुनै 3G वा सो भन्दा बढी गतिको सुविधा लिनु भएको छ भने पनि यदि तपाईको सेवा प्रदायकको नेटवर्कको रेन्ज भित्र हुनुहुन्न भने तपाईको मोबाईलको गति स्वत E वा G मा झर्न सक्छ । साथै यदि तपाई नेपालमा हैन् विदेशमा हुनुहुन्छ र बढी गतिको सेवा लिनु भएको छ भने हार्डवेयर र सफ्टवेयर क्षमताले धान्ने मोबाईलमा तपाइँले 4G वा H+ को 14.4 MBps सम्मको गति पनि पाउन सक्नुहुन्छ ।

Happy Surfing !!!

यो पनि हेर्नुस्:  के तपाईँको मोबाईल ब्राउजरमा नेपाली अक्षर देखीदैँन ?

नोट:यो ब्लगबाट Google Plus comments हटाएर ब्लगरको डिफल्ट कमेन्ट स्थापना गर्दा बिचमा पाठकहरूले गर्नु भएको कमेन्ट मेटिन गएकोले सोको स्क्रिनशट यहाँ राखिएको छ: (असुबिधाको लागि क्षमा चाहन्छू):-

Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com3tag:blogger.com,1999:blog-4092426210790828474.post-18118905803649078732013-04-29T21:38:00.001+05:452013-06-15T09:44:42.729+05:45के तपाईको उमेर ढल्किदैं छ ?
मानिस प्रौढ हुँदै गएको वा कसैको उमेर ढल्कँदै गएको कसरी थाहा पाउने? । हुनसक्छ तपाइलाई यो प्रश्न बेतुक लाग्न सक्छ । उमेर ढल्कँदै गएको वा बुढा-बुढी हुँदै गएको कुरा अनुहारमा देखिने चाउरी, फुलेको कपाल, कमजोर आँखा, फुस्केको दाँतले इङ्गित गर्छ भन्ने तपाई सोच्दै हुनुहुन्छ भने त्यो गलत हुनसक्छ । भनिन्छ नि, तन बूढो भएपनि मन कहिल्यै बूढो हुँदैन....त्यसैले शरीरमा आएका परिवर्तनका कुराहरू शरीरी स्वयंलाई भने कहिल्यै पत्ता हुँदैन । हो .... त्यसैले मानिसले आफू प्रौढ हुँदै गएको कुरा आफैलाई हेरेर भन्दा पनि अरूले आफूलाई कसरी हेर्छन् भन्नेबाट पहिला थाहा पाउँछन् रे ।

पत्याउनुहुन्न ? । अझ सिधै भन्ने हो भने तपाई प्रौढ हुनु भयो कि भएन भन्ने कसरी थाहा पाउने त ? । यो थाहा पाउने विभिन्न तरिकाहरू छन् । अझ तिनमा पनि चरण बद्ध भेदहरू छन् । नपत्याए हेर्नुस, कोही मानिसले आफ्नो उमेर ढल्कदैँ गएको कुरा कसरी अनुभूति वा वोध गर्छ त :

पहिलो चरण: उमेर ढल्कदै गएको कुराको पहिलो बोध यसरी हुनसक्छ:

धेरैपछि तपाईको पुरानो साथीसँग जम्काभेट हुन्छ, साथी तपाईको बारेमा हैन, सिधै तपाईको छोरा-छोरीको बारेमा सोध्न थाल्छ ।

तपाई कुनै अनलाईन आइडि बनाउँदै हुनुहुन्छ जन्म मितिको ठाउँमा आएपछि तपाईलाई धेरैबेर माउस स्क्रोल गर्नु पर्छ ।

छोराले तपाईलाई एउटा ल्यापटप किन्दिन भन्छ,...तपाई छोरालाई हाम्रा पालामा घराँ’ टाइप राइटर पनि थे’न भनेर हप्काउनु हुन्छ ।

तपाईलाई तपाईको मनपर्ने हिरोको नाम सोधिन्छ तपाईँ भुवन के.सी, शिव श्रेष्ठ, आमोल पालेकर र शत्रुहन सिन्हाको नाम लिन थाल्नुहुन्छ ।

तपाइको कपाल प्राकृतिक रूपमै कालो छ । तर तपाईका आफ्नै नातेदार समेत तपाईँलाई ‘हैन कुन चाहिँ कालो हाल्छौ हो कपालमा...?" भनेर सोध्छन् ।

दोस्रो चरण: माथिका लक्षणहरू देखिना (सुनिना) साथ तपाई सतर्क हुनु जरूरी छ, नत्र दोस्रो चरणमा यस्तो हुन सक्छ:

तपाई रेस्टुरेन्टमा गएर चिया मगाउनु हुन्छ, वेटरले तपाईलाई ‘चिनी हाल्ने कि नहाल्ने सर!? भनेर सोध्छ

तपाईका टोल छीमेकका युवापुस्ता तपाईलाई ‘दाइ’ हैन ‘अङ्कल’ भनेर बोलाउन थाल्छन् ।

तपाई सामान्य रुघा-खोकीको उपचारको लागि डक्टरकोमा जानुहुन्छ, डक्टर तपाईलाई “सुगर, यूरिक एसिड आदि त छैन नि...?” भनेर प्रतिप्रश्न गर्छन् ।

तपाईँ डट्टिएर कुनै भोजमा सरिक हुन जानुहुन्छ । खानाको लाइन बस्ने बेलामा पार्टि भेन्युको कुनै केटाले ‘साकाहारी चोखो खाना उता छ ....सर!’ भनेर देखाउँछ ।

तपाइ तत्काल हिट र हट रहेकी नायिका र मोडेलको पोस्टर किन्न पसलमा छिर्नुहुन्छ । पसले तपाइलाई ‘बा ! देउताको फोटो माथि तल्लामा छ ...” भनेर बताउँछ ।

तेस्रो चरण: दोस्रो चरणमा पनि होस खुलेन भने तेस्रो चरणमा यस्तो पनि हुनसक्छ :

धेरैपछि तपाइको साथीसँग भेट हुन्छ ... उ तपाइलाई २० वर्ष अगाडिको कुरो याद दिलाउन थाल्छ ।

तपाई कुनै काम परेर बैंकमा जानुहुन्छ.... बैंकका कर्मचारी तपाइलाई देख्ने बित्तिक्कै ‘पेन्सन लिने उता’ भनेर देखाउँछन्।

तपाईँ सार्वजनिक यातायातमा सबार हुनुहुन्छ । पैसा असुल्ने केटो तपाईलाई ‘बा ! तपाईँको भाडा !’ भनेर हात पसार्छ ।

तपाईँ सार्वजनिक यातायातमा सबार हुनुहुन्छ ...एकजना लक्का जवान तपाइलाई देखेर आफ्नो सिट छोड्छ ।

तपाई कुनै समारोहमा प्रवेश गर्नुहुन्छ । भर्खर ‘डिस्को धून’ चलिरहेको हलमा तुरुन्तै भजन बजाइन्छ ।

कुनै सामाजिक समारोहमा तपाई कुनै अपरिचित व्यक्ति सँग केही सोध्नुहुन्छ .....सो व्यक्ति तपाइले राम्रो कान सुन्नुहुन्न भन्ने अडकल गरेर ठूलो- ठूलो स्वरमा तपाइलाई जवाफ दिन्छ ।

जे होस् तपाइ माथिको कुनैपनि स्टेजमा हुनुहुन्छ भने पनि नआत्तिनुहोस्, किनकी प्रौढता मानवताको जुहार हो, बोलीमा वजन हुने र कृत्यमा आकर्षण हुने समय हो । त्यसै पनि अँग्रेजीमा भनिन्छ नि "You Can be as Young as You Think"    ।

नोट:यो ब्लगबाट Google Plus comments हटाएर ब्लगरको डिफल्ट कमेन्ट स्थापना गर्दा बिचमा पाठकहरूले गर्नु भएको कमेन्ट मेटिन गएकोले सोको स्क्रिनशट यहाँ राखिएको छ: (असुबिधाको लागि क्षमा चाहन्छू):-

Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com1tag:blogger.com,1999:blog-4092426210790828474.post-61977824268044008572013-03-25T21:06:00.001+05:452013-03-26T08:04:53.633+05:45होली मुक्तक !!!

-१-

एकोहोरो हेरीरहेँ,
उनको मुहार लाल भयो ।
बिना लोला, बिना अबिर
मेरो होली कमाल भयो ! ।

-२-

उनी भन्छिन्, उनको प्रेममा
धेरै कवि पागल भए ।
म त सोच्छु, ती कवि भए,
पागल त ती पहिल्यै थिए ।

-३-

कतै हुरी बतास, कतै हिमपात हुन्छन्।
कतै ज्वालामुखी, कतै उल्कापात हुन्छन् ।
दशा त दशा नै हो, रूप भिन्दै भए पनि,
जहाँ यी सब हुन्नन् त्यहाँ, नेताको जामात हुन्छन् ।

-४-

रेशम जस्तो, बादल जस्तो,
कालो केश तिम्रा देखेँ ।
पक्का भो त्यो तिम्रै थ्यो ,
जब तीनमा जुम्रा देखेँ ।

यो पनि हेर्नुस:
केही उटपट्याङ मुक्तकहरु

फेरि केही उटपट्याङ मुक्तकहरु
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com6tag:blogger.com,1999:blog-4092426210790828474.post-13044068704400214762013-03-15T21:56:00.001+05:452013-03-16T21:27:38.883+05:45ट्वीटरका #अर्ध वरिष्ठ, #भु्क्का टुरिष्ट र #अति विशिष्टहरू
केही समय अगाडि यही ब्लगमा मैले ट्वीटेहरूको पहिचान कसरी गर्ने भन्ने बारेमा एउटा पोस्ट लेखेको थिएँ । नेपाली ट्वीटर टाइमलाईनमा बराबर प्रयुक्त हुने वरिष्ठ र कनिष्ठ आदिलाई कसरी चिन्ने भनेर लेखिएको सो पोस्ट पछि मलाई अनलाईन र अफलाईनमा धेरै कमेन्टहरू आए । यसका अरूपनि क्याटागोरी थप्दै जान धेरैले कमेन्ट गरे।

अत: आजको पोस्टमा फेरि अरू केही ट्वीटेलाई चिन्ने शङ्केतहरू राख्दैछु । ल हेर्नुस त उनीहरूको ट्वीटको आधारमा कसरी चिन्ने त उनीहरूलाई :

#अर्ध वरिष्ठ

यिनीहरू कहिले जत्ति धेरै ट्वीट उत्ति धेरै वरिष्ठ भनेर दिनमै कैयौँ ट्वीट गर्छन् ।

तर फलोअर नबढेपछि जति कम ट्वीट्यो उत्ति वरिष्ठ भइन्छ भनेर कैयौँ दिनमा एउटा ट्वीट गर्छन् ।

आफ्नो ट्वीट कसैले फेव गरेन भने आतिन्छन् भने १० पटक जत्ति रिट्वीट भयो भने मात्तिन्छन् ।

धेरेलाई फलो गर्दा राम्रो कि कमलाई गर्दा राम्रो भन्ने छुट्याउन सक्दैनन् र एउटै मान्छैलाई ५ चोटि फलो र ६ चोटी अनफलो गर्छन् ।

यिनलाई कुनै गीत, गजल वा कविताको टुक्रा ट्वीट गर्दा अपार आनन्द महशुस हुन्छ ।

यिनलाई कसैले ‘वरिष्ठ’ भन्यो भने उडायो भन्ठान्छन् बने ‘कनिष्ठ’ भन्दा हेपिएको ठान्छन् ।

हरेक १० जना नयाँ फलोअर बढ्दा यिनलाई बाघ मारेको अनुभूति हुन्छ र सो कुरा ट्वीट्टी हाल्छन् ।

आफ्नो ट्वीट रिट्वीट भएन भने ५ -५ सकेण्डमा ब्राउजर रिफ्रेस गर्छन् र नेटको कनेक्सन चेक गर्छन् ।

वरिष्ठ देखिनको लागि आफुले बुझ्दै नबुझेको भारी भरकम जर्नल र रिपोर्टहरू ट्वीटिन्छन् ।

प्रत्येक दिन जसो डिपी चेन्ज गर्छन् र फेसबुकमा जस्तै कसैले ‘लाइक’ गर्ला कि भनेर कुर्छन् ।

२-३ जना वरिष्ठको ट्वीट मिलाएर एउटा दामी नयाँ ट्वीट बनाउने असफल प्रयास गर्छन् ।

#भुक्का टुरिष्ट (Alankar @eracube को शब्द)

यी ट्वीटरमा कसरी छिरे यिनलाई नै थाहा हुँदैन् ।

यीनलाई कहिले हप्तामा एक पटक त कहिले महिनामा एक पटक समेत ट्वीटीन गाह्रो हुन्छ ।

यीनको काम भनेको अन्धाधुन्ध ट्वीटेलाई फलो गर्नु र तिनका ट्वीट पढ्नु हुन्छ ।

यी प्राय: हरेक वरिष्ठका ट्वीटलाई रिट्वीट वा कमसेकम फेव गर्छन् ।

यिनको डिपी अन्डाबाट मान्छेमा परिवर्तन नै हुँदैन् ।

यि प्राय: नेपाल बन्दको समयमा मात्रै ट्वीट्टीने गर्छन् ।

त्यो बाहेक “....have uploaded some pictures in fb…” भन्ने ट्वीट मात्रै यीनका ओरिजिनल ट्वीट हुन्छन् ।

आफूलाई कसैले फलो गरेको देखेमा यिनलाई अचम्म लाग्छ ।

अरूले बायोमा ह्यासट्याग लगाएर भाँति भाँति लेखेको देखेर यिनीहरू नामकै अगाडि ह्यासट्याग राख्छन् ।

#अति विशिष्ट

ट्वीटरमा छिर्नु अगाडिनै १००-२०० लाई फलो गर्न आदेश दिएर छिर्छन् ।

अमेरिकी राष्ट्रपति, भारतीय प्रधानमन्त्री र चिनियाँ विदेश सचिव जस्तालाई मात्रै फलो गर्छन् ।

१४० अक्षरमै देश बनाउने गँजडी गफ गर्छन् ।

ट्वीटरमा फलो गर्ने जत्ती सबैले आफूलाई मन पराउँछन् भन्ने भ्रम पाल्छन् ।

१०० जनाले ५ वर्षमा नसक्या कुरा ३ सेकेण्डमा १४० अक्षरमै सक्छु भन्ने सोच्छन् ।

आफूभन्दा अति वरिष्ठले आफूलाई फलो नगरेकोमा मनमनै कुँडिन्छन् तर लोकाचारले गर्दा तिनलाई अनफलो गर्न नि सक्दैनन् ।

३ दिन सोचेर ५ जनासँग सल्लाह गरेर धुँवादार ट्वीट सहित चम्किन्छन्...

.... १५ सेकेण्डमा २८० नकारात्मक ‘रिप्लाइ’ आए’छि हच्किन्छन् ।

रमाईलो कुरा यिनका फलोअर मध्ये ७५% यिनका विरोधीहरु हुन्छन् ।

यिनका ‘पेटेन्ट’ फलोअर भने ‘अण्डा’ बाट निस्कदै ननिस्की सकिन्छन् ।

देश चलाउन भन्दा ट्वीटर चलाउन गाह्रो हुने रै’छ भन्ने ढिला मात्रै ज्ञान पाउँछन् ।

#विचित्र ट्वीटिष्ट:

यिनलाई व्यक्त गर्न शब्दकोष नै परिवर्तन गर्नु पर्ने हुन्छ ।

यि दिनमा २५ घन्टा ट्वीटरमा भेटिन्छन् ।

जस्तोसुकै अँग्रेजी शब्दलाई पनि यिनीहरू नेपालीकरण गर्छन, जुन नयाँ ट्वीटेलाई बुझ्न हम्मे हम्मे पर्छ।

घरमा कुरा गर्दा नि १४० अक्षरको सिमामा रहन खोज्छन् ।

बोल्दा पनि हरेक वाक्य पछि ‘लोल’, ‘पि’, ‘डि’, थप्छन् ।

कार्यालयको चिठ्ठी लेख्दा विषयमा ह्यासट्याग (#) राख्छन् ।

वास्तविक जीवनमै कसैले जोक सुनाए पनि यिनिहरू हाँस्दैनन् । “लोल ! लोल !!” भनेर टार्छन् ।

यिनले दिनमा कतिवटा ट्वीट गर्छन् यिनलाई नै याद हुँदैन्, यस्तैमा यिनीहरू आफ्नै ट्वीट पनि फेव गर्छन्

करिव करिव ‘ट्वीटो मेनिया’ ले ग्रस्त यिनीहरू बेला-बखतमा आफ्नै ट्विट रिट्वीट गर्छन् ।

रातको २ बजे उठेर कम्प्युटर खोल्छन्, अरू केहि नभए “It’s 2:00 am NST” लेखेर ट्वीट्टीन्छन् अनि मात्रै सुत्छन् ।

यो पनि हेर्नुस: ट्वीटरका #वरिष्ठ, #कनिष्ठ र #कर्तव्य निष्ठहरू !!! Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com10tag:blogger.com,1999:blog-4092426210790828474.post-70764944226699648902013-03-01T14:44:00.001+05:452013-03-01T14:44:34.252+05:45म जनता हुँ…
म वृक्ष हुँ
रोपे उम्रन्छु, उम्रे फल्दिन्छु
गोडे सप्रन्छु, तोडे ढल्दिन्छु
चलाए चल्दिन्छु, जलाए जल्दिन्छु

म विचार हुँ
मायामा पग्लन्छु, छायाँमा अल्झन्छु
अभावमा सम्झन्छु, स्वभावमा बल्झन्छु
उच्चतामा टल्कन्छु, चेतनामा सल्कन्छु

म इमान् हुँ
अह्राएको गर्दिन्छु, परे’मा मर्दिन्छु
सत्यमा सर्दिन्छु, असत्य हर्दिन्छु
चेतना छर्दिन्छु, विवेकलाई भर्दिन्छु

म चट्टान हुँ
स्वभावलाई छोड्दिन, विश्वासलाई  तोड्दिन
भ्रमलाई गोड्दिन, तृष्णालाई जोड्दिन
विचारलाई मोड्दिन, संस्कारलाई फोड्दिन

म विद्रोह हुँ
दबाए उफ्रन्छु, कजाए गर्जिन्छु
हप्काए कुड्किन्छु, हटाए अड्किन्छु
रोके हुत्तिन्छु, समाए फुत्किन्छु,

म जनता हुँ
बोलाए फर्किन्छु, झुलाए झर्किन्छु
फुलाए फक्रन्छु, पन्छाए दर्कन्छु
समतामा अड्कन्छु, विषममा पड्कन्छु

म जनता नै हुँ.....

Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com8tag:blogger.com,1999:blog-4092426210790828474.post-13368660508788819912013-02-16T15:47:00.001+05:452013-02-16T15:47:30.682+05:45साढे चार मुक्तक !
१

पीठो भनि बिकेको चोकर निक्लियो ।
हिरो हुँ भनि चम्केको जोकर निक्लियो ।
भन्न त भन्थ्यो सधैं, सबलाई मालिक बनाउँछु,
रहँदै गर्दा उ स्वयं पल्ला घरको नोकर निक्लियो ।

२

जो आदर्श नि छाँटछ, कुरा पनि ढाँट्छ, त्यो नेपाली नेता हुन्छ ।
जो सपना पनि बाँड्छ, नैतिकता नि छाड्छ, त्यो नेपाली नेता हुन्छ।
तीनका कुरा चमत्कारी, गौरवशाली हुन्छन् तर,
जो सम्मान पनि माग्छ, रछान पनि चाट्छ, त्यो नेपाली नेता हुन्छ ।

३

आफ्नै छानो डडाएर, आगो ताप्छौ तिमी ।
मुखले मात्रै हुने भए, आकाश पाताल नाप्छौ तिमी
नगर देशभक्तिका कुरा, नदेखाउ ढोगं इमानको,
देशै बेचेर नै सही, नोटै नोट छाप्छौ तिमी ।

४

उनका चपाउने एउटा र देखाउने दाँत हजार छन् ।
बोल्ने र बोली फेर्ने तीनका कला अपार छन् ।
राष्ट्रियता खोक्रो तीनका, दर्शन दुई पैसाको,
स्वदेश तिनका बेच्ने सामान, विदेश भने बजार छन् ।

…र यो पनि

उ भन्छ उसको देश त शत्रुले नै बिगारे रे,
सोच्दैछु म उसको देशमा, सायद कुनै नेता छैनन्।
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com5tag:blogger.com,1999:blog-4092426210790828474.post-86734508351728008392013-01-29T22:48:00.001+05:452013-01-30T06:31:33.273+05:45खोक्रो आदर्श, हावा छेकुवा गफ र @brb_laaldhwoj का ट्वीटहरू
सन १९९९ मा 'टलिउड' को नामले प्रसिद्ध दक्षिण भारतको तामिलनाडुमा Mudhalvan (முதல்வன்) अर्थात् 'मुख्य मन्त्री' नामक एउटा चलचित्र बन्यो र सुपर हिट पनि भयो । एकजना हक्की र जवान पत्रकारलाई मुख्य पात्र बनाएर साँच्चै नै देश सुधार्ने हो भने एकै दिनमा पनि धेरै काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने सो चलचित्रको २००१ मा हिन्दी भर्सन पनि सार्वजनिक भयो । कथावस्तु, भेषभूषा र सम्बाद समेत दुरुस्तै उस्तै राखेर बनाएको सो चलचित्रको हिन्दी संस्करण पनि सुपर-डुपर हिट भयो र त्यसले पनि अत्यन्त सफल व्यापार गर्यो ।

आम जनतासँग प्रतक्ष अन्तरक्रिया गरेर भ्रष्टाचार, कालो बजारी र समाजमा व्याप्त अन्य समस्याको हल गर्न सकिने सङ्केत गर्ने सो चलचित्र बनेको करिब १२ वर्षपछि नेपालमा पनि ठ्याक्कै त्यस्तै कार्यशैली अपनाएर 'नायक' बन्न खोज्ने एउटा चरित्र देखिए । उनले पनि आफू शक्तिमा आउने बित्तिकै न्युरोडको गुदपाक देखि राममार्गका भाते-होटलको अनुगमन गरेर कालो बजारी हटाउने नाटकीय अध्याय शुरू गरे । उनको यो कार्यलाई गलत भन्न मिल्दैन तर ठ्याक्कै 'नायक' शैलीको 'हेल्लो सरकार' र 'रेडियोमा प्रधानमन्त्री' विस्तारै सस्तो लोकप्रियता कमाउने भाँडोमा मात्रै परिणत भयो ।

उता उनले नाङ्लो ठटाएर हात्ती तर्साउने शैलीमा 'कालो बजारी' हटाउने नाटक मञ्चन गरिरहँदा यता मिडियामा भने देशका खुँखार अपराधी छुटाउन, ज्यानमारालाई आममाफी दिन मन्त्रि परिषदबाट निर्णय गराउन उनि लागि परेका समाचारहरू आइ नै रहे । हुँदा हुँदा अपराधीले आफैँ अपराध कबोल गरेर सजायको माध्यमबाट पश्चाताप खोज्दा समेत यस्ता कार्यहरूबाट शान्ति प्रक्रियामा खलल पुग्ने सन्देश दिन पनि चुकेनन् यी रियल लाईफका नायक। रियल लाइफका नायक 'फ्लप' भए त यहीँनेर । जहाँ, 'नायक' मा नायकका हरेक प्रयास बोल्नमा भन्दा गर्नमा बढी लाग्थे, त्यहीँ हाम्रा नायक भने उपलब्ध मिडियाका हरेक श्रोतबाट जनतालाई खोक्रो आदर्श छाँटन, मनोरञ्जक सपना देखाउन र बुद्धि विलास गरेर रमाउनमै मात्रै लागे ।

रियल लाईफ र रिल लाईफ बीचको एउटा अत्यन्त सूक्ष्म तर अत्यन्तै गुणात्मक भिन्नता रहेको एउटा कडिको भने विश्लेषण गर्न सकेनन् हाम्रा हिरोले । हो, त्यो समयको भेद नै हो। दुई-अढाई घण्टामा सक्किने सिनेमामा जुन विषयबस्तु जत्ति प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सकिन्छ, अनन्तकाल सम्म लम्बाउन खोजिएको वास्तविक राजनैतिक धरातलमा त्यसलाई त्यसरी नै लम्बाउँदै जाँदा सिनेमाको जस्तै परिणाम वा नतिजा दिन कुनै हालतमा पनि सकिन्न । जहाँ अढाई घण्टाको फिलिमका दर्शक 'हिरो' को अघिल्लो कदम के होला भनेर सास रोकेर प्रतिक्षा गर्छन् तिनै दर्शक वास्तविकताको धरातलमा प्रश्नै मात्र थुपार्ने र कुनैको पनि हल नदिइ मैदानमा टिकी रहने मात्रै 'नायक' देखेपछि त्यसमा अरुचि र तिक्तता पैदा हुन्छ ।

प्रश्नै मात्रै सुनि रहने र हल नदिने वा उल्टै समाधानको साटो समस्या देखाउने कृत्य जारी रहँदो हो त २ वर्षको सत्ताकाल हैन २ घन्टाको सिनेमामा पनि दर्शकलाई कुर्सीमा टिकाउन मुस्किल हुन्छ ।

केही दिन अगाडि हाम्रा प्रधानमन्त्रीले ट्वीटर चलाउन थाले। सामाजिक सञ्जाल र मिडियामा समेत त्यसको व्यापक चर्चा परिचर्चा भयो अनि बढन थाल्यो उनको 'फलोअर' । यो पोस्ट तयार गर्दा सम्ममा उनको फलोअरको सङ्ख्याले दस हजार नाघी सकेको छ र उनले ४८ वटा ट्वीट गरि सकेका छन् । भनिन्छ सामाजिक सञ्जालमा राखिएको १० वटा 'स्टाटस' कुनै पनि व्यक्तिलाई नजिकबाट चिन्न पर्याप्त हुन्छ । त्यस आधारमा हेर्दा उनका ४८ ट्वीटले कुनै छाप छाडन सकेको भने पटक्कै लागेन मलाई ।

२० जनवरीमा उनले गरेका पहिलो ट्वीटमा उनले देशका जनता र विशेषगरी युवा पुस्तालाई आशावादी हुन आग्रह गरेका छन् । चुनौतीलाई अवसर बनाउने उनको कुरा, खोक्रो आदर्श बाहेक केहि हैन भन्न मलाई कुनै सङ्कोच लागेको छैन् । उनले लेखेका थिए:

My fellow countrymen, specially young friends, let's remain optimistic about our great country ! We must turn challenges into opportunities.
— Baburam Bhattarai (@brb_laaldhwoj) January 20, 2013

हालसम्म उनले गरेका ४८ मध्ये आधा भन्दा बढी उनका ट्वीटहरू (जवाफ सहित) अग्रेजीमा छन् र पहिलो ट्वीट पछि आएका अनेक विरोधका स्वरलाई परोक्ष रुपमा जवाफ दिँदै उनले आफू आलोचनाबाट नभाग्ने कुरा देखाए:

— Baburam Bhattarai (@brb_laaldhwoj) January 20, 2013

सहजै बुझ्न सकिन्छ, उनको सुरूवाती ट्वीटमा समर्थन भन्दा विरोध नै धेरै थिए । उर्जाको अभावले अक्रान्त भएको समयमा लोडसेडिङ्को समस्या पनि चर्चाको विषय रह्यो र धेरैले उनलाई मेन्सन गरेर सो कुरा उल्लेख गरे ।

‘नायक’ले फेरि आफू पपुलर हुने एउटा मौका नचुकाएर तुरुन्तै ट्वीटे:

हामी लोडसेडिङ न्यूनीकरण गर्न प्रयत्नशील छौं। इतिहासले थुपारेको फोहोर सोहोर्न समय लाग्दोरहेछ।भारतबाट थप ७०मे.वा. विजुली ल्याउने कोशिश भैरहेछ
— Baburam Bhattarai (@brb_laaldhwoj) January 21, 2013

त्यसको भोलिपल्ट अर्थात २२ जनवरिमा उनको अर्को ट्वीट आयो:

Friends, we have just managed to reduce load-shedding by 2 hrs, from today. I promise, it won't exceed 10-12 hrs this winter.
— Baburam Bhattarai (@brb_laaldhwoj) January 22, 2013

तर, न त विद्युत प्राधिकरणले नै सो बारेमा जानकारी गरायो न त विद्युत कटौती नै कम भयो । उनका समर्थकलाई कुरा चित्त नबुझ्न सक्छ तर 'ट्वीटरे' भाषामा यस्ता गफ र गफ गर्नेलाई 'हावा छेकुवा' भनिन्छ । अत: यस भन्दा अगाडिका ट्वीटबाट खोक्रो आदर्शवादी मात्रै ठहरिएका प्रधानमन्त्री हावा छेकुवा समेत बने ।

बिचमा उनले फेरि "हामी आशावादी वन्नुपर्ने ५ कारण" भनेर अर्को ट्वीट ठोके

हामी आशावादी वन्नुपर्ने ५ कारण : १. पौने ३ (cont) tl.gd/kphcf0
— Baburam Bhattarai (@brb_laaldhwoj) January 22, 2013

उनका ५ कारणहरूमा, फेरि पनि उहि बुद्धि विलास र खोक्रो राष्ट्रियता मात्रै थियो: उनका ५ कारणहरू थिएँ:

१. पौने ३ करोड मेहनती जनता २. कैल्यै उपनिवेश नवनेको इतिहास ३. विश्वलाई नयां विचार दिने वुद्धको देश ४. सर्वोच्च हिमाल र प्रचुर जलसम्पदा ५. विद्रोही र सिर्जनशील युवा पुस्ता ! ।

खोक्रो आदर्शमा पटक्कै विश्वास नभएकोले त्यसको उत्तर मैले तत्काल यसरी दिएको थिएँ:

म निराश भएको ५ कारणहरू:RT:@brb_laaldhwoj हामी आशावादी वन्नुपर्ने ५ कारण : १. पौने ३ (cont) tl.gd/kphcf0 twitter.com/dacharya/statu…
— Dilip Acharya (@dacharya) January 22, 2013

ट्वीटरमा उनका फलोअर बढ्दै गए, जसमा उनलाई आदर्श मान्ने भन्दा उनलाई ‘सुधार्न सकिन्छ कि?’ भन्नेहरूको सङ्ख्या पक्कै पनि ज्यादा छ भन्दा अत्योक्ति नहोला । तर उनको ट्वीटमा नविनता केहि देखिएन । २७ जनवरी सम्म पुग्दा उनको टाइमलाईनमा फेरि अर्को धूँवादार ट्वीट देखियो:

रारा र खप्तड क्षेत्रमा पर्यटन पूर्वाधारको विकास गर्ने हो भने कर्णाली र सू.प.क्षेत्रको कायापलट गर्न सकिन्छ भन्ने मेरो दृढ विश्वास रहेको छ ।
— Baburam Bhattarai (@brb_laaldhwoj) January 27, 2013

पढ्दै उदेक लाग्ने । 'यसो गर्ने हो भने यसो गर्न सकिन्छ' भन्ने धेरै कुरा १० कक्षामा पढने १४-१५ वर्षे ठिटोलाई पनि थाहा होला। हामीले प्रधानमन्त्रीबाट 'यसो गर्न सकियो भने यस्तो हुन्छ' हैन्, बरू कसरी र कैले देखि 'यसो गर्न सकिन्छ' भन्ने अपेक्षा राखेका थियौँ । आदर्श छाँटने मात्रै प्रमबाट यस्तो आशा गर्नु मेरो भूल रहेछ भन्ने ज्ञात हुँदा नहुँदै उनको फेरि आजै अर्को गज्जबको आशावादी तर पिँध नभएको वक्तव्य आयो:

पश्चिम सेती, नलसिंगाड, वुढी गण्डकी र दुधकोशी जस्ता जलाशय युक्त योजना कार्यान्वयन गरौं, लाखौं युवालाई रोजगारी र उर्जासंकट समाधान हुन्छ ।
— Baburam Bhattarai (@brb_laaldhwoj) January 29, 2013

उनको यो ट्वीट पढीरहँदा भने सुरूमा त उनले लाख र 'लाखौँ' लाई एउटै ठाने कि भन्ने समेत प्रश्न मनमा उब्जियो । फेरि सोचेँ बोल्ने मात्रै त हो नि । आजै बिहान मात्रै छोरीलाई पढाउँदा "Nepal has approximately 85,000 MW of economically feasible hydropower potential" भन्ने वाक्यांश मैले ‘नि उसलाई बुझाएको थिएँ । यसो सोचेँ, ५ कक्षामा पढ्ने छोरी र विद्यावारिधि गरेका देशका प्रधानमन्त्रीको यो वक्तव्यमा कुनै गुणात्मक भिन्नता थिएन । दुबै केवल कोरा कल्पनाका कुरा मात्रै थिए। म अनि बेस्मरी हाँसेँ । बोल्ने नै मात्रै हो भने त मेरो ५ कक्षामा पढ्दै गरेकी छोरीले पनि यत्ति भन्न सक्छे ( उसको पनि फेसबुक छ- - कुनै दिन यही वाक्यलाई आफ्नो स्टाटस बनाउन नि सक्छे )।

आजको उनको (हालसम्मको लागि लेटेस्ट) ट्वीट पढेपछि भने उनि केवल ट्वीट्टीनै मात्रै ट्वीट गरि रहेछन् भन्ने प्रष्ट भयो :

दुइ अंकको वृद्धिदर हासिल गर्न वर्षेनी रु. ६–७ सय अर्वको लगानी गर्नुपर्छ । स्वदेशी र विदेशी श्रोत के के हुनसक्ला ?
— Baburam Bhattarai (@brb_laaldhwoj) January 29, 2013

अर्थशास्त्रमा विद्यावारिधि गरेका विद्वान प्रम यो ट्वीटरमा के गर्दैछन् । ट्वीटेलाई सोध्दैछन् कि मनोरञ्जन ? । वार्षिक ६-७ सय अरवको लगानी को श्रोत के १४० अक्षरमा खुलाउन सकिन्छ ????। उनको अन्तिम ट्वीट पढेपछी मनले भन्यो " भो, प्रधानमन्त्री ज्यू, तपाईँ देश नै चलाउनुस, ट्वीटर हामी आफैँ चलाउँछौ"
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com7tag:blogger.com,1999:blog-4092426210790828474.post-11339767703391207652013-01-17T22:06:00.001+05:452013-01-20T12:19:04.523+05:45नेपाली ट्वीटे नेताहरूको TL
त्यसो त नेपालका नेताहरु ट्वीटर प्रयोग गर्दैनन् र प्रयोग गर्ने केही पनि टाइमलाईनमा टिकेर सिधा सम्बाद गर्ने हिम्मत गर्दैनन् । केही नेताहरुको फेसबुक वा फेसबुक फ्यान पेज छ । त्यसमा पनि तिनका धुपौरे र भजनमण्डलीको ‘वाह! वाह !!’ ले मात्रै स्थान पाउँछन् र हामी जस्ता स्वतन्त्र अभीमत प्रकट गर्नेका विचारसँग तिनले वाद-विवाद गर्ने हिम्मत जुटाउनै सक्दैनन् ।

तर, तिनले ट्वीटर चलाए भने कस्तो होला त ? । माइक र मास देखे पछि आकाश पाताल गर्नेले १४० अक्षरको सीमामा के के भन्लान त ? ।

हिजो अरू साथीहरूको ट्वीट हेर्दा हेर्दै एकैछिन मन कल्पनालोकमा पुग्यो र त्यहाबाट मैले नेपाली नेताहरूको टाइमलाईन ठ्याक्कै कपि गरेर तल टाँसेको छु । ल हेर्नुस् नेपाली नेताको टाइमलाईन:

नेपाली नेताको ट्वीटर TL

झलनाथ @jhallu: मेरो विचारमा @babram पदमा रहेसम्म वार्ताको कुनै औचित्य छैन् ।

बाब्राम @babram: @congress र @Nekapa_Yemale लाई यही सरकारमा प्रवेश गरी यसैलाई सहमतिय सरकार बनाउन आग्रह गर्छु ।

बैद्यबा @dashmb: हा हा हा #कठपुतली ले सरकार बनाउने रे ! । कति हाँस्नु ।

प्रचन्न @gafadi : मने, यो राष्ट्रपतिको आफ्नो विवेकको कुरो हो भन्ने हाम्लाई लागिरा’छ । #म्याद थप

शुसील @dariwala: हामीलाई प्रधानमन्त्री चाहिएको हैन् (त्यही नपाएसम्म कुरो पनि मिल्दैन) :पि

मधेशी म @hindustani: राष्ट्रपतिले ज्ञानेन्द्र नहुने हो भने, कुरो नमिलेसम्म #म्याद थपि रहनु पर्छ भनेर हाम्ले पहिलै भन्या हो :डि

माकुने @bartamanpraiprekhsya: वर्तमान परिप्रेक्षमा यो #म्याद थप बढो जटिल प्रश्न बनेको छ ।

थापा @rajtantra: यस्तै #म्याद थप र #अपराध पोषण नै गणतन्त्र हो भने यो भन्दा #राजतन्त्र धेरै राम्रो छ ।

देउबा @sherdai: अहल्या.....हडग....म भल भमदला लग लग ....बलबला लमलम ...... ।

ओली @kpoli: हैन, हाम्रा @sherdai ले बोलेको मात्रै नबुझ्ने भन्ठानेको त लेखेको पनि उस्तै :पि :पि

रामचन्द्र @baaje : RT: @kpoli हैन हाम्रा @sherdai ले बोलेको मात्रै नबुझ्ने भन्ठानेको त लेखेको पनि उस्तै :पि :पि लोल !

बाब्राम @babram: मैले छाँडे भने देशमा सङ्कट आउँछ !

झलनाथ @jhallu: सङ्कट त अब हाम्रो आन्दोलनको आँधी-बेरीले ल्याम्च

बैदेबा @dashmb: #कठपुतली तिम्ले छाडेर चाहिँ हैन, बसी रह्यौ भने चाहिँ अवश्य सङ्कट आउँछ

ओली @kpoli: @babram लोल! लोल!

प्रचन्न @gafadi : हाम्ले अहिलेसम्म जे जे आम्छ भन्या थेम ति आए पनि आएनन पनि ...त्यसैले सङ्कट पनि आम्न नि सक्छ, नआम्न नि सक्छ भन्ने हाम्लाई लाइ’रा छ... । 1/2

प्रचन्न @gafadi : ...कथंकदाचित त्यो सङ्कट भन्ने बस्तु आई हालेच भने’नि हामी सबैले सहमतिमा त्यसलाई तह लाउन सक्छम भन्ने नि हाम्लाई लाइरा’ छ 2/2

शुसील @dariwala: हैन यी @gafadi धेरै पिउँछन कि क्या हो, जैले यिनलाई जैले पनि लागि’रा मात्रै हुन्छ :पि

ओली @kpoli: RT: @dariwala: हैन यी @gafadi धेरै पिउँछन कि क्या हो, यिनलाई जैले पनि लागिरा मात्रै हुन्छ :पि । यो त म पनि डाउन हुने बोलीको गोली आयो त :डि

बैदेबा @dashmb: हा हा हा ऐले भने म पनि हाँसे :डि RT: @dariwala: हैन यी @gafadi धेरै पिउँछन कि क्या हो, जैले यिनलाई जैले पनि लागिरा मात्रै हुन्छ :पि

थापा @rajtantra: हा हा हा (मलाई ‘नि पैला त्यस्तै लाग्थ्यो) :डि

रामचन्द्र @baaje: RT: @kpoli लोल , @thapa :पि :पि

देउबा @sherdai: @kpoli , @thapa रोफ्ल्याए लोल !

ज्ञानेन्द्र @mailebujhe: लोल लोल हाम्लाई नि पहिला पहिला त्यस्तै लागिबक्सन्थ्यो J

थापा @rajtantra: @mailebujhe जदौ सरकार, हजुर गए’सि त साँच्चै सङ्कट आयो नि

झलनाथ @jhallu: हैन, @baaje अब भने साँच्चीकै आन्दोलन गरौँ के !

रामचन्द्र @baaje: ल गरौं गरौं, म @dariwala र @sherdai मिलेपछी आन्दोलन सशक्त हुन्छ

देउबा @sherdai: अहल्या.....हडग....म भल भमदला लग लग ....बलबला लमलम ...... ।

प्रचन्न @gafadi : यि @sherdai ले कोड भाषामा शङकास्पद षडयन्त्रमूलक कुरा गरे भन्ने हाम्लाई लाइरा’च ।

बैदेबा @dashmb: अरूले नगरे नि अब हाम्ले भण्डाफोड र सशस्त्र आन्दोलन गर्छौ । अनि कति दिन टिक्ला यो #कठपुतली

बाब्राम @babram: DM: @prabhu के गरौँ  ईधर त टिक्नै नदेलान जस्तो हो गया !

आजलाई यत्ति । नपुगेको थप्नुस है

यो पनि हेर्नुस्: ट्वीटरका #वरिष्ठ, #कनिष्ठ र #कर्तव्य निष्ठहरू !!!
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com18tag:blogger.com,1999:blog-4092426210790828474.post-38396491659361425432013-01-12T15:08:00.001+05:452013-01-12T15:13:47.896+05:45त्यसै भा छ लोडसेडिङ्ग !!!

लोडसेडिङ्ग, लोडसेडिङ्ग मात्रै नभइ हाम्रो जीवन शैलीको एक अभिन्न अङ्ग पनि भइ सकेको छ । हरेक कार्यकलाप गर्नु अगाडि साइत भन्दा पहिला लोडसेडिङ्गको तालिका हेर्नुपर्ने बाध्यतामा बाँचेको नेपाली  समाजलाई कुनै पनि हालतमा लोडसेडिङ्गको अभिशाप बाट मुक्त गरेर वा भिन्न राखेर हेर्न वा सोच्नै पनि मुस्किल छ। यसले हाम्रो सामाजिक र वैचारिक धरातलमा समेत प्रतक्ष् असर गरेको छ। पोहोर साल यहि विख्यात लोडसेडिङ्गले मलाइ पनि कवि बनाएको थियो भने यसपाला फेरि अर्का ब्लगर साथी रमेश वान्तबा यसैको असरले कवि हुनु भएको छ। आजको अतिथि कलममा प्रस्तुत छ वहाँकै कविता:

त्यसै भा छ लोडसेडिङ्ग

लेखक: रमेश वान्तबा

प्राधिकरण  भन्छ  मुहान सुकेर ।
बुद्धिजीवी भन्छन् बढी खपत भर ।
तर म भन्छु त्यसो हैन साथी हो ,
देश विकाश गर्ने यो नया उपाय हो ।

कुनै जमानामा  विदेशमा नि यस्तै बिजुली गा थ्यो रे ।
एकै वर्षमा त्यहाँको जनसङ्ख्या दोब्बर भा थ्यो रे ।
अनि धेरै मान्छे, धेरै काम,
भो रे विकाश धमाधम ।

त्यै भर त यो कुरा मुख्य समाचारमा आको रे ।
यसैलाई मूल मन्त्र मानेर
एउटा उत्तम उपाय ठानेर,
लौ जनसंख्या बढाउ भनेर ।
यो त   गरेकै  हो कुरा जानेर ।

अनि पो भो हुन्छ देशको अप-ग्रेडिंग
नेपालीलाई उपहार १८ घन्टे लोडसेडिङ्ग
त्यसै भा छ लोडसेडिङ्ग ।

जलसम्पदामा धनि देश हाम्रो ।
दुनियालाई  यो कुरा   थाहा छ  ।
तर उपाए कस्तो राम्रो,
१८ घण्टा दिनको लोडसेडिङ्ग भाछ  ।

सुनामी आए’नि  साइक्लोन  आए नि
जन युद्धका  नाममा
दशौ हजार मरे नि
जस्तो रोग लागे नि
जसले जति लगे’नि
के समस्या भो र अब
जनसङ्ख्या  वृद्धि भाकै छ

हाम्रा अग्रजले  बुद्धि  पुर्या भए
जल सम्पदाको सदुपयोग  गर्या भए
बिजुली बेच्या  पैसाले जनता कति धनि हुन्थे
साउदिका अरबीले जस्तै सुति सुति खान्थे
जे काम गर्नु परेनी नोकर चाकर राख्थे
विदेशबाट गुलाम सरह कामदार हरु डाक्थे

म नि छक्क परे, यी सब कुरा जानेर ।
पूजा गर्न मन लाग्छ नेताका फोटो टाँगेर ।
ब्रम्हा ,विष्णु महामानव तिन्लाई ठानेर ।
यसरी पो भो त देशको अप -ग्रेडिंग ।
त्यसै भा छ लोडसेडिङ्ग  ।

रमेश बान्तवा, ज्ञानेश्वर

यो पनि हेर्नुस: लोडसेडिङ एक - फाइदा अनेक !

Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com2tag:blogger.com,1999:blog-4092426210790828474.post-47146009242427865852013-01-03T18:54:00.001+05:452013-01-03T19:16:49.067+05:45के तपाईँले Firefox मा Facebook मेसेन्जर जोडनु भयो ?
के तपाई फेसबुक प्रयोग गर्नुहुन्छ ? । सामाजिक सञ्जालको दह्रो पकड चलेको बेलामा यो प्रश्न नै बे-अर्थी हुनसक्छ । अनि के तपाई फायरफक्स वा मोजिला फायरफक्स चलाउनु हुन्छ ? । हालैका तथ्याङ्कहरू हेर्ने हो भने इन्टरनेटमा चलाउने विश्वका करिब एक तिहाइ मानिसले फायरफक्स चलाउँछन् । तब के त फायरफक्स चलाउने सबैले फेसबुकको अपडेट, फ्रेन्ड रिक्वेस्ट र मेसेजहरू हेर्न फेसबुकको पेजमै जानु पर्छ त ? । केही समय अगाडिसम्म यसको जवाफ ‘हो’ हुन सक्थ्यो ।

त्यसो त अनगिन्ती अनुप्रयोगहरु जोडन सकिने गरेर बनाइएको फायरफक्समा यो भन्दा पहिला पनि फेसबुकको लागि कुनै उपयोगी ‘एडअन’ नभएका हैनन् । तर केही समय अगाडि अर्थात फायरफक्सको १७ औँ संस्करण सार्वजनिक भएपछि भने फायरफक्स प्रयोगकर्ताहरुको लागि फेसबुकको आफ्नै अनुप्रयोग उपलब्ध भएको छ। जसको उपयोगबाट इन्टरनेट चलाउँदाको अवस्थामा कुनैपनि पेजमा रहँदा वा कुनैपनि साइटको भ्रमण गर्दा सो पेज नछाडि फेसबुकको सबै जानकारी र अपडेटहरू लीन सकिन्छ ।

हाललाई फेसबुकको लागि मात्रै यस्तो सुविधा उपलब्ध गराएको फायरफक्सले आगामी दिनहरू आफ्नो यो Social API को विकासबाट ईमेल लगाएत अन्य सामाजिक सञ्जालको लागि समेत यस्तै एप्लिकेसनहरू बन्ने सङ्केत गरेको छ। त्यसैले हालालाई फेसबुकमा मात्रै उपलब्ध यो सुविधा केही समय पछि ट्वीटर, ईमेल लगाएत अन्य समाचार साइटहरूको लागि समेत उपलब्ध हुन सक्नेछन् ।

अहिले भने, तपाईँ कुनै समाचार साइट, इमेल पेज वा अन्य कुनै पनि पेज हेर्दै हुनुहुन्छ भने पनि सोही पेजबाट आफ्नो फेसबुकको सम्पूर्ण जानकारी लिन र गतिविधि निरीक्षण गर्न सक्नुहुन्छ ।

न्यूनतम आवश्यकता :

यो सुविधा लिन एउटा फेसबुकक एकाउन्ट हुनु र फायरफक्सको १७ औं संस्करण तपाईको कम्प्युटरमा हुनु जरुरी हुन्छ ।

अत: तपाई पनि इन्टरनेट चलेको अवस्थामा कुनै पनि साइट वा पेजमा भएको बेलामा जुनसुकै पेजबाट पनि फेसबुकमा अपडेट हुन चाहनुहुन्छ भने यसो गर्नुस:

१) सर्व प्रथम त माथि भने जस्तै सुविधा लीन कम्तीमा पनि फायरफक्सको १७औ संस्करण तपाईको कम्प्युटरमा हुनु जरुरी छ । त्यसैले यदि तपाईँको कम्प्युटरमा फायरफक्सको १७ औं संस्करण छैन भने आफ्नो ब्राउजरलाई अपडेट गर्नुहोस वा फायरफक्सको ताजा संस्करण यहाँबाट डाउनलोड गर्नुहोस् ।

२) अब फेसबुकमा लगईन भएको बेलामा यो पेजमा जानुहोस र तलको चित्रमा जस्तै “Turn on” लेखिएको ठाउँमा क्लिक गर्नुस्।

३) तपाईँको स्क्रिनमा फेरि एउटा "You've turned on Facebook Messenger for firefox" भन्ने मेसेज आउन सक्नेछ । त्यसलाई "OK" गर्नुहोस्।

४) अब तपाईको ब्राउजरको माथिल्लो दाँयाभागमा वायाँतर्फको चित्रमा जस्तै फेसबुक मेसेन्जर बस्नेछ । जसबाट तपाईँले कुनै पनि पेज वा ट्याबबाट फेसबुकको तत्कालको स्थिति अवलोकन गर्न सक्नुहुन्छ ।

त्यसमा रहेका आइकनहरुमा क्लिक गरेर नयाँ मेसेज पढ्ने, नयाँ नोटिफिकेशन हेर्ने लगाएत नयाँ साथीको ‘फ्रेन्ड रिक्वेस्ट’ आदि स्विकार्ने वा हस्विकार गर्न सक्नुहुन्छ ।

साथै यो पुरै एप्लिकेसनलाई साइडबारमा देखाउन वा लुकाउन पनि सक्नुहुन्छ । तलको चित्र हेर्नुस:

Happy Browsing and Happy Facebooking
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com4tag:blogger.com,1999:blog-4092426210790828474.post-1034000308366859322012-12-22T20:57:00.001+05:452013-03-16T21:33:42.160+05:45ट्वीटरका #वरिष्ठ, #कनिष्ठ र #कर्तव्य निष्ठहरू !!!
केही दिन अगाडि एकजना ट्वीटरबाट परिचित भएका साथीले मलाई डि.एम. गरेर ‘वरिष्ठ’ भनेको के वा को हो?’ भनेर सोधे । हुन पनि नेपालीमा ट्वीटर चलाउनेहरूले प्राय: ट्वीटरमा ‘वरिष्ठ’ भन्ने शब्द देखि रहन्छन् । विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यि कुनै विषयका ज्ञाता वा विशेषज्ञ हैन, प्राय: ट्वीटरकै मात्रै ‘वरिष्ठ’ हुन्छन् । मैले मित्रलाई १४३ अक्षर नबढाइ वरिष्ठको मोटामोटी जानकारी त दिएँ । तर उनले फेरि वरिष्ठ कसरी चिन्ने भनेर सोधे। अत: आजको पोष्टमा वरिष्ठ मात्रै हैन, ट्वीटरका कनिष्ठ र कर्तव्यनिष्ठ समेत कसरी चिन्ने भन्ने बारेमा लेख्दैछु। यो पढे’छि पक्कै पनि सबैले वरिष्ठ, कनिष्ठ र कर्तव्यनिष्ठको भेद था’पाउने छन् भन्ने हाम्लाई लाइरा’ च

ल हेरौँ कसरी चिन्ने त यिनलाई:

#वरिष्ठ

यिनका फलोअर र यिनले फलो गरेकाका सङ्ख्यामा दोब्बर जत्तिको अन्तर हुन्छन् ।

यिनका ट्वीटहरू भुईमा खस्न नपाउँदै रिट्वीट हुन्छन् ।

यिनीहरू आफ्ना सबै ट्वीटहरू रिट्वीट होस भन्ने चाहन्छन्,

..तर आफूले अरूका ट्वीट रिट्वीट गर्नु भनेको चाहिँ मानहानि हुने जस्तो ठान्छन् ।

सुनिन्छ यिनका आफ्नो नामका एक र फेक नामका अनेक आइडि हुन्छन् ।

कुनै ट्वीट ट्विट्टेको २-३ मिनेट सम्म रिट्वीट भएन भने यिनका फेक ह्याण्डलले धमाधम रिट्वीट हान्छन् ।

यिनीहरू प्राय: गम्भीर विषयमा मात्रै ट्वीट गर्छन् ...

...या त सामान्य विषयलाई पनि ट्वीटेर गम्भीर बनाइदिन्छन् ।

वरिष्ठहरू यदाकदा वरिष्ठताको गाम्भीर्यलाई ध्यान दिएर प्रोफाइल फोटो पनि श्वेत-श्याम, रेखाचित्र वा अमूर्त चित्र राख्ने गर्छन् ।

फलोअर बढाउन निक्कै लालायीत हुन्छन तर हत्तपत्त कसैलाई फलोव्याक दिँदैनन् ।

वरिष्ठता कायम राख्न यिनीहरू बेला बेलामा क्लिष्ट शब्दहरूको ट्वीट लेख्छन् (जुन सायद आफैँ पनि बुझ्दैनन्)

#कनिष्ठ

यिनका प्रोफाइल फोटोमा धेरैसम्म पनि “अण्डा” नै रहेका हुन्छन् ।

कसलाई फलो गर्ने र कसलाई नगर्ने निर्क्योल गर्न यिनलाई निक्कै गाह्रो हुन्छ ।

ट्वीटरमा फोटो र भिडियो अपलोड गर्न यिनलाई निकै धौ धौ पर्छ ...

... अनि फेसबुकमा फोटो हालेर त्यसको लिन्क ट्वीटरमा हाल्छन् ।

यिनीहरू ट्वीटरमा ‘लाइक’ बटन खोज्छन् र नभेट्दा गुगललाई गाली गर्छन् ।

वरिष्ठहरूले गरेका ट्वीट बुझ्दै नबुझे पनि यिनले त्यसलाई रिट्वीट गर्छन् ।

फलोव्याक पाउने आशमा जो-जसलाई पनि फलो गर्छन् .....,

फलोअर र रिट्वीट बढ्ने आशामा यिनीहरू छिन-छिनमा ट्वीटर ह्याण्डल परिवर्तन गर्न पछि पर्दैनन् ।

यिनका फलोअर २० जना नि नहुँदा यिनले भने ३५० जनालाई फलो गरि सकेका हुन्छन् ।

यिनीहरू एकैदिनमा ३०-४० सम्म वरिष्ठका ट्वीटलाई रिट्वीट गर्दै बस्छन्।

आफ्नो ट्वीटले ‘रिट्वीट’ नपाएको झोकमा यि ५-७ दिन ट्वीटर चलाउँदैनन् र आफ्नै पासवर्ड बिर्सन्छन् ।

#कर्तव्य-निष्ठ

यिनीहरू हरेक घटना र हरेक समाचारलाई ब्रेकिङ्ग न्यूज बनाउनै ट्वीटरमा बस्छन् ।

खाना खान भुल्छन तर अहिले कति बजेको छ भन्ने ट्वीट गर्न भने भुल्दैनन्

यीनमा कोही सत्ताधारी प्रति त कोही विपक्षी प्रति निष्ठ हुन्छन् ।

सत्ताधारीका कर्तव्य निष्ठ बहालवाला सरकारका सदस्यलाई ‘महाराजा’ नै देख्छन् ।

विपक्षीका ट्वीटे भने भाउ नै घटेको कुरालाई नि ‘षडयन्त्र’ भनेर लेख्छन् ।

यि दिन रात २४ घन्टै ट्वीटरमै भेटिन्छन् (कसरी भ्याउँछन?, कि एउटै ह्यान्डल २-४ जनाले चलाउँछन्)

विहान “शुभ प्रभात !” भन्दै ट्वीटरमै उदाउँछन्, राति ‘शुभ रात्री’ भन्दै ट्वीटर मै अस्ताउँछन् ...

....म त सोच्छु यि अलि बढी ‘स्पेस’ किनेर सर्भर मै निदाउँछन् ।

यिनलाइ ट्वीटरमा नदेख्दा इन्टरनेटकै कनेक्शनमा शङ्का हुन्छ ।

आफ्नै बाबालाई बिर्सन्छन तर ट्विटरका काकालाई सधैं प्रणाम गर्छन् ।

ठट्टा र व्यङ्ग्य आफ्नै ठाउँमा, तर जे होस् हामी नेपालीमा ट्वीटीनेको पनि एउटा विशाल समूह बनिसकेको छ र यस्तै भर्च्युअल समूहले केही राम्रा कामहरू पनि गरेका छन् । ट्वीटर सूचना, सन्देश र मनोरञ्जनको पनि एउटा छुटाउनै नसकिने माध्यम बनि सकेको छ । यसले कमसेकम समाजमा चेतनाको स्तर वृद्धि गर्न भने कुनै न कुनै रूपमा योगदान दिएकै छ । त्यसैले मेरो सर्कलमा पर्नु भएका, नपरेका र भविष्यमा पर्ने सबै ट्वीटेहरूलाई हार्दिक अभिनन्दन ।

Happy Tweeting !!!

बाँकी यता हेर्नुस: ट्वीटरका #अर्ध वरिष्ठ, #भु्क्का टुरिष्ट र #अति विशिष्टहरू

…अनि यो पनि हेर्नुस: ट्वीटेका ट्वीट र नट्वीट्टीएका भावहरु !
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com39tag:blogger.com,1999:blog-4092426210790828474.post-91219220500087518152012-12-10T18:03:00.001+05:452012-12-13T07:13:11.419+05:45पृथ्वीको अन्त्य, हल्लाको व्यापार र फेसबुकका त्रिशूलबाबाहरू !
हल्लाको शुरुवात:

केही वर्ष अगाडि र त्यसमा पनि पश्चिममा २०१२ मा संसारमा भयानक प्रकोप घट्छ भन्ने एउटा चलचित्र बनेपछि २०१२ को डिसेम्बर २१ पछिका दिनमा संसारमा प्रलय नै मचिन्छ भन्ने हल्लाले आकाश छुन थाल्यो । रमाइलो कुरा, त्यहि चलचित्र बनाउनेले भने एउटा अन्तरवार्ताको क्रममा “के साँच्चै नै २०१२ मा संसार ध्वस्त हुन्छ त?” भन्ने प्रश्नको जवाफमा “गुगलमा खोज्नुस न...” भन्ने मात्रै जवाफ दिएका थिए ।

चलचित्र बन्यो, चल्यो र उत्र्यो पनि । अनि हल्लाको बजार पनि विस्तारै कम हुन थाल्यो । अहिले फेरि त्यो हौवाको मिति नजिकिदैं जाँदा डिसेम्बर २१ पछि पृथ्वी र पृथ्वी वासीले अभूतपूर्व दुर्घटनाको सामना गर्नुपर्ने हल्लाको बजार गर्माएको छ ।

कथित प्रलयको प्रकृति:

हल्लाको बजार गर्माउँदै जाँदा यसको भिन्न भिन्न भर्सन पनि सार्वजनिक भएका छन् । पृथ्वी नै ध्वस्त हुने, पृथ्वीमा अर्को कुनै ग्रह ठोक्किने, भयङ्कर सुनामी र भुइचालो आउने देखि लिएर हामी रहेको पुरै सौर्य मण्डल समेत नै हुर्रिएर अन्तै कतै पुग्ने समेतका चर्चाले अहिले सामाजिक सञ्जाल र पत्र पत्रिका समेत भरिएका छन् । त्यसमा पनि यही डिसेम्बर २२ देखि ३ दिनसम्म संसारभर घाम नलाग्ने र पृथ्वी आफ्नो अक्ष छाडेर अन्तै पुग्ने गँजडी गफले सामाजिक सञ्जाल भरिएका छन् ।

माया पात्रोको कुरा:

प्राचीन माया सभ्यताको भेटिएको पात्रोमा सन २०१२ को डिसेम्बर २१ पछिको मिति नभेटिएको कुरालाई एक थरी हल्लाबाजहरूले संसारको अन्त भएको उदघोष गर्दै हिँडेका छन् । माया पात्रोमा त्यसपछिको समय वा मिति किन राखिएन वा के कारणले भेटिएन त्यो भिन्दै अध्ययनको विषय हुनसक्छ। तर कुनै एउटा धर्म-संकृति वा सम्प्रदायको पात्रोमा त्यसपछिको मिति भेटिएन भनेर त्यसैलाई संसारको अन्त्य मान्ने उपबुज्रुकहरूलाई यो ज्ञात होस कि संसारमा २ सय थरी धर्म र ३००० भन्दा बढी सम्प्रदाय छन र ती मध्य कैयौँको आफ्नै पात्रो पनि । यस अवस्थामा कुनै एउटा पात्रोमा त्यसपछिको मिति भेटिएन भन्दैमा त्यसैलाई संसारको अन्त्य मान् हो भने अन्य संस्कृति स र शभ्यताको पात्रोलाई के भन्ने ?

हाम्रो आफ्नै कुरा गर्ने हो भने सनातन धर्मले परम्परागत रूपमा मान्दै र पच्छ्याउँदै आएको वैदिक पञ्चाङ्गमा कहिँ कुनै यस्तो सङ्केत भेटिन्न । सनातन मान्यता अनुसार एक कल्पमा सत्य त्रेता, द्वापर र कलि युग गरी चार युग हुन्छन् । तीनमा हरेक युगका आ-आप्नै समयावधि हुन्छन् । बि. सं २०६९ को क्यालेण्डरलाई आधार मानेर हेर्दा अहिले कलि युग शूरु भएको ५११३ वर्ष बितेको छ र यसको आयु अझै करिब ४ लाख २६ हजार ८ सय ८७ वर्ष बाँकी छ । यहाँनेर मैले यही नै प्रमाणिक समय भएको दाबी गर्न खोजेको भने हैन्, तर हरेक सभ्यताको आ-आफ्नै गणना र मानक भएकाले कुनलाई सहि र कुनलाई गलत मान्ने भन्ने तर्क मात्रै अघि सार्न खोजेको हो।

नासको हौवा:

गलत कुरा के छ भने, माथिका गँजडीगफ लाई ‘साँच्चिकै’ भनेर हल्ला फैलाउने सामाजिक सञ्जालका त्रिशूल बाबा हरूले यी सब हौवाहरू ‘नासाले भनेको’ र ‘नासाका अनुसार’ भनेर सामाजिक सञ्जाल भरेका छन् । जुन सरासर झूट र गलत हो । अमेरिकी अन्तरिक्ष विभाग नासाले कहिल्यै संसारमा यस्तो खाले विनाश आउँछ भनेर कतै भनेको छैन । बरू यसको ठ्याक्कै उल्टो, यस्ता हावादारी हल्ला धेरै चलेपछि नासाले आफ्नो साइटमा यी सबै कुराहरू भ्रामक र नितान्त गलत भएको कुरा राखेको छ । नासाको साइटमा प्रश्नोत्तरको रूपमा एकदमै सरल अँग्रेजी भाषामा यी भ्रामक तर्कहरूको खण्डन गरिएको छ र जो कसैले पनि यस्ता हल्लाको भ्रममा नपरी सीधै नासाको साइटबाट ति कुराहरूको यथार्थ जानकारी लीन सक्छन् ।

विज्ञान र धर्मको मेल:

के त्यसो हो भने ‘आइस एज’, ‘पोलार सिफ्टिङ्ग’, ‘एक्स प्लानेट’ जस्ता सबै कुरा नितान्त हल्ला मात्रै हुन् त ? । म, न वैज्ञानिक, न धर्मको ज्ञाता। तर मेरो सानो अध्ययनले के देखाउँछ भने सृष्टिको सुरुवात वा उत्पत्तिको बारेमा धर्म र विज्ञानमा मतभेद भए पनि एउटा कुरामा भने दुबैको मेल हुन्छ । धर्म र विज्ञानको मेल हुन्छ त कुनै पनि वस्तुको ‘अन्त’ मा । हो, धर्म र विज्ञान दुबैको एउटा विषयमा भने सधैं समान मत रहि आएको छ । त्यो हो जुन कुराको शुरुवात हुन्छ त्यसको अन्त पनि पक्कै हुन्छ । एउटा धुलोको कण होस वा विशाल पहाड र पुरै ब्रह्माण्ड सबैको अन्त निश्चित छ । समय सिमा वा आयुको बारेमा पनि यी दुबैको बीचमा मतभेद होलान, त जुन कुरा उत्पन्न हुन्छ त्यसको अन्त जरूर हुन्छ । यसमा कसैको दुबिधा छैन् ।

मलाई लाग्छ यो संसार, सौर्य मण्डल र पुरै सृष्टिको नाश एकदमै सम्भव कुरा हो किनकी एउटा धुलोको कण हावामा बहेर लुप्त हुन सक्छ भने पुरै पहाड धुलोमा परिणत हुनु र सिङ्गै पृथ्वी पनि अनन्त ब्रह्माण्डको विशलातमा विलुप्त हुनु वा शून्यमै विलीन हुनु पनि कुनै असम्भव घटना भने हैनन । तर यो सृष्टिको विनाश कुनै एउटा सम्प्रदाय, संस्कृति वा सभ्यताको पात्रो, वा कुनै सनकि दार्शनिक वा रोटि ज्योतिषको भविष्यवाणी सुनेर भने शत प्रतिशत हुँदैन् ।

रोटी ज्योतिष र खुर्सानी वैज्ञानिकका कुरा:

मलाई याद छ २००९ को जुलाईमा पनि भारतमा ३० दिन भित्र एउटा खग्रास सुर्य ग्रहण सहित ३ वटा ग्रहण लाग्ने भएको र महाभारत काल पछि त्यस बेला मात्रै यो संयोग परेकोले त्यति बेला भयङ्कर विपत्ति आउने कुराले आकाश छोएको थियो। त्यस्तै २२ जुलाई २००९ मा पनि एउटा सुनामी आउने कुरा पनि निकै चर्चामा रह्यो ।

इन्टरनेटमा खोज्ने हो भने यस्ता हावादारी र असफल भविष्यवाणीको फेहरिस्त तपाईले सोचे भन्दा लामो भेट्नुहुनेछ। विकीपेडियाको यो एउटै पेजमा पृथ्वीमा अनिष्ट छाउने भनेर गरिएका यस्ता सैयौं हावादारी भविष्यवाणीहरू सूचित गरेर राखिएको छ । इश्वी सम्बत ६३४ देखि हालसम्मका यस्ता गलत र हावादारी भविष्यवाणीले के सङ्केत गर्छ भने कुनै कुनै पनि दैवी विपत्ती ढोल बजाएर आउँदैन । वा अझ सरल शब्दमा भन्ने हो भने कुनै पनि आपत विपत र सङ्कट कुनै रोटि ज्योतिष, खुर्सानी वैज्ञानिक वा त्रिशूलबाबाका भविष्यवाणी सुनेर आउँदैनन् ।

समष्टि:

अनन्त रहश्यले भरिएको विशाल ब्रह्माण्डको बारेमा अहिलेसम्म कुनै पनि धर्म, सभ्यता वा वैज्ञानिक अध्ययनले पूर्णता पाउन सकेको छैन् । त्यसो त संसारमा यो भन्दा पहिला पनि केही विनाशकारी प्रकोप नभएका हैनन् र भविष्यमा पनि त्यस्ता प्रकोप नहोलान भन्न सकिन्न । तर आधारहिन तथ्य, शोध विहीन निर्क्योल र अगणीतीय तथ्याङ्कको भ्रममा परेर संसारको विनाश यही समयमै हुन्छ भन्नु पागलपन मात्रै हो ।

मलाई लाग्छ, माया पात्रोमा २१ डिसेम्बर पछिको मिति नहुँदैमा त्यस भन्दा पछाडि संसार नै रहँदैन भन्नु त्यत्ति नै हास्यास्पद हुन्छ जसरी पारिवारिक पुस्ताको बखान गर्दा बाबु, बाजे, बराजु आदि पूर्वजको शब्दावली कुनै ठाउँमा गएर अडकदैँमा हाम्रो पूर्वजहरू त्यो भन्दा पहिला थिएनन् भन्नु ।

बाँकी आइस एज, पोलार सिफ्टीङ्ग आदि सबै नियमित घटना हुनसक्छन् जसको समय आएको छैन् र सो घटना एकै दिनमा अचानक घट्ने घटना पनि हैनन् । तिनका आफ्नै गणितीय आधार र आफ्नै समय अन्तराल छन् र ति घटना वर्षौ वा सयौँ वर्षको समयावधिमा विस्तारै घटित हुन्छन् । सौर्य आँधी वा सोलार स्ट्रम पनि निश्चित समयको अन्तरालमा सूर्यको भौतिक तलमा घट्ने एउटा नियमित प्रक्रिया हो र त्यसलाई कुनै प्रकोपको रूपमा लिनु पर्दैन् । नासाकै अनुसार २०१२ मा कुनै सौर्य आधीँ छैन र अर्को नजिकको सौर्य आधीँ सन २०१३ को मे महिनामा मात्रै आउने छ ( माथि नै लेखिसकिएको छ जुन कुनै दैवी प्रकोप हैन र सौर्य पीण्डमा घट्ने एकदमै नियमित घटना हो) ।

अन्तमा केही समय अगाडि आफ्नै ५ कक्षामा पढ्ने छोरीले मलाई सोधेकी थीई “बाबा...डिसेम्बर २१ पछि के हुन्छ?” मैले उसलाई दिएको उत्तर नै यहाँ राख्दैछु । मैले भनेको थिएँ “डिसेम्बर २१ पछी डिसेम्बर २२ हुनेछ  ।

डिसेम्बर २१ मा पृथ्वीको अन्त हुँदैन र यस्ता कुनै प्राकृतिक विपदा आउँदैनन भन्ने NASA को अध्ययन र टिपोर्टहरू तलका पेजमा हेर्न सक्नुहुन्छ :

Beyond 2012: Why the World Won't End

12-21-2012 Just Another Day
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com8tag:blogger.com,1999:blog-4092426210790828474.post-4458799047564402942012-12-01T19:54:00.001+05:452012-12-01T19:54:53.214+05:45पहिचान ! (लघुकथा)
उनको वर्षौको मेहनत सफल भए थियो । अपराध र आपराधिक कार्यमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्ने यन्त्रको विकासमा उनले आफ्नो दशकौँको समय लगाएका थिए ।

लाई डिटेक्टरले पहिचान गर्न नसक्ने झूट र अपराधीलाई सजिलै पहिचान गर्ने उनको यो यन्त्रले विश्वकै अपराध नियन्त्रण र सामाजिक शान्तिमा ठूलो योगदान दिने निश्चित थियो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको अपराध र झूट पहिचान गर्ने पुराना यन्त्र भन्दा गुणात्मक रूपमा भिन्न यो यन्त्रको प्रयोग गर्दा, भौतिक रूपमै कुनै संदिग्ध व्यक्तिलाई छुवाउनु, जोड्नु वा देखाउनु समेत नपर्ने थियो ।

प्राचीन अध्यात्ममा हरेक मानिसमा आफ्नो चरित्रको आधारमा एउटा आभा मण्डल हुने र त्यसैले सो व्यक्तिको चरित्र अभिव्यक्त गर्ने मान्यता छ । उनले सोही आभा मण्डलको तरङ्गलाई मापन गर्ने यन्त्रको विकास गरेका थिए । यन्त्र चालु हुने बित्तिकै त्यसले त्यसको वृत्तमा आउने व्यक्तिको आभा-मण्डलको मापन गर्थ्यो र तुरुन्तै त्यसको विश्लेषण गरी त्यसको नतिजालाई पूर्व संचित ध्वनिको प्रयोग द्वारा ‘चोर’, ‘साधु’, ‘ठग’, ‘सज्जन’, ‘सामान्य’,‘फटाहा’ आदि भन्ने परिणाम दिन्थ्यो।

उनले कैदी, सन्त, जँड्याहा, जोगी सबैमा यसको सफल प्रयोग गरी सकेका थिए र आजभने देशकै ३-४ जना अग्रज नेताहरूद्वारा रिबन कटाएर यसलाई सार्वजनिक गर्दै थिए।

देशका प्रकाण्ड नेताहरू आए र ड्यासबाट यस यन्त्रले विश्वमै अपराध निर्मूल गर्न ठूलो योगदान दिने बताए । यन्त्रको स्विच खोलियो र नेताहरू सो यन्त्र राखिएको ठाउँमा पुगेर हातमा कैँची लिएर रिबन काट्न तयार भए । नेताहरू यन्त्रको वृत्तमा पुग्नासाथ अचानक स्वचालित यन्त्रबाट “चोर !”, “फटाहा!”, “ठग!”, “जाली!” ...भन्ने ध्वनी परिणाम मात्र आईरह्यो ।

दर्शकहरू असमझ देखिए भने यन्त्रका आविष्कारक अलि असहज …। तर के हो कुन्नि, सबै नेताहरू रिबन काटि सकेर आ-आफ्नो कुर्सीमा फर्केपछि भने यन्त्रबाट आवाज आउन आफैँ बन्द भयो ।
Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com4